माथिल्लो तामाकोशी आयोजनाका सबै कर्मचारीको सेवा सुविधामा एकरूपता ल्याइने

 चैत १४, २०८१ बिहीबार १३:५४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले कम्पनीमा कार्यरत सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने भएको छ ।

पछिल्लो चार दिनदेखि आन्दोलनरत दोलखा जिल्लावासी, करार कर्मचारीहरूसँग हिजो सहमति गर्दै कम्पनीले सबै कर्मचारीहरूको सेवा सुविधामा एकरूपता ल्याउने प्रतिबद्धता जनाएको हो ।

कम्पनीको प्रतिबद्धता अनुसार अब बाहिर जिल्लाबाट आएका र दोलखा जिल्लावासी करार कर्मचारीको तलब तथा अतिरिक्त सुविधाहरू समान हुनेछन् । त्यस्तै एकरूपता कायम गरिएको सेवा सुविधा गएको फागुन महिनादेखि नै लागू हुनेछ ।

दुई पक्षबीच भएको सहमतिमा आयोजना सञ्चालक समितिको आउँदो बस्ने पहिलो बैठकमा गएको फागुन महिनादेखि कार्यान्वयन हुने गरी चैत महिनाको तलबमा समावेश गराउन सहमति भएको छ ।

यसअघि कम्पनीले जिल्लाबाहिरकालाई ७५ र दोलखाकालाई ५० प्रतिशत सुविधा दिँदै आएको थियो । यो सहमति कार्यान्वयन भएपछि सेवामा एकरूपता आउने भएको छ । त्यसबाट जिल्लावासी कर्मचारीहरूको तलबसमेत बढ्ने निश्चित भएको छ ।

सहमतिसँगै कर्मचारीहरूले सङ्घर्षका सबै कार्यक्रम फिर्ता लिएका छन् भने आजदेखि नियमित काममा फर्किएका छन् ।

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया