रुसी मागहरूको सामना गर्न अमेरिका दृढ रहने युक्रेनी राष्ट्रपति जेलेन्स्कीको आशा

 चैत १४, २०८१ बिहीबार १५:२१:२८ | एजेन्सी
unn.prixa.net

फाइल तस्वीर

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धविरामको शर्तका रूपमा ब्ल्याक सीमा प्रतिबन्धहरू हटाउने रुसी मागको सामना गर्न अमेरिका दृढ रहने विश्वास व्यक्त गर्नुभएको छ ।

पेरिसमा एक प्यानल अन्तर्वार्तामा युरोपेली पत्रकारहरूसँग कुरा गर्दै राष्ट्रपति जेलेन्स्कीले अमेरिकाले रुसी मागको दृढ भएर सामना गर्ने बताउनुभएको बीबीसीले जनाएको छ । यसै क्रममा अमेरिकाले रुसको दबावको प्रतिरोध गर्छ ? भनेर बीबीसीले सोधेको प्रश्नमा जेलेन्स्कीले आफूलाई आशा रहेको बताउनुभएको हो ।

यसअघि अमेरिकाले साउदी अरेबियामा आफ्ना अधिकारीहरूसँगको तीन दिनको छुट्टाछुट्टै वार्तापछि रुस र युक्रेनको प्रतिनिधिमण्डल ब्ल्याक सीमा युद्धविराम गर्न सहमत भएको बताएको थियो । तर त्यसको केही घण्टापछि रुसले एक विज्ञप्ति निकालेर विभिन्न शर्तहरूको सूची उल्लेख गरेको थियो । रुसले आफ्नो खाद्य र मल व्यापारमा पश्चिमी प्रतिबन्धहरू हटाइएपछि मात्रै ब्ल्याक सीमा व्यावसायिक जहाजहरूलाई सुरक्षित मार्ग प्रदान गर्न घोषणा गरिएको समुद्री युद्धविराम शुरू हुने बताएको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सरकारले प्रतिबन्धहरू हटाउनका लागि रुसको अनुरोधलाई हेरिहेको बताउनुभएको छ । तर युरोपेली युनियन (ईयू) ले युक्रेनको अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त क्षेत्रबाट रुसी सेना विना शर्त फिर्ता नभएसम्म प्रतिबन्धहरू हटाउने बारेमा विचार नगर्ने बताएको छ ।

अन्तिम अपडेट: चैत १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया