पुलिस र आर्मीले प्रधानमन्त्री कप क्रिकेटको उपाधिका लागि खेल्ने

 चैत १४, २०८१ बिहीबार १५:४०:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्वीर : क्यान

काठमाण्डाै – प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब खेल्ने भएका छन् । रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा आज भएको खेलमा पुलिसलाई ४ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको हो । प्रतियोगितामा पुलिसको यो पहिलो हार हो ।

पुलिसले दिएको १ सय ४९ रनको लक्ष्य आर्मीले ६ विकेट गुमाएर ५४ बलअघि नै भेटायो । आर्मीका विवेक यादवले नटआउट ४१ रन बनाए । पुलिसका ललित राजवंशीले ४ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ निम्तो पाएको पुलिसले ४१ ओभर ४ बलमा १ सय ४८ रन बनाउँदा सबै विकेट गुमायो । पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरीले ५० रन बनाए । आर्मीका शाहब आलमले ४ विकेट लिए । योसँगै शाहब प्रधानमन्त्री कप क्रिकेटमा एक सय विकेट पूरा गर्ने दोस्रो बलर बनेका छन् । उनले ४७ खेलमा एक सय विकेट पूरा गरे । यसअघि नेपाल पुलिस क्लबका ललित राजवंशी प्रधानमन्त्री कप क्रिकेटमा एक सय विकेट लिने पहिलो बलर बनेका थिए । ललितले ४२ खेलमा यो उपलब्धि हासिल गरेका थिए ।

प्रतियोगितामा १० वटा टोली सहभागी भएकामा पुलिस र आर्मी शीर्ष २ मा रहेर फाइनल खेल्ने भएका हुन् । फाइनल खेल आउँदो शनिवार हुनेछ ।

अन्तिम अपडेट: चैत १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया