अमेरिकी कर वृद्धिकाे सामना गर्न चीन, जापान र दक्षिण कोरिया क्...
चैत १७, २०८१ आइतबार
काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले भोलि हुने विभिन्न प्रदर्शनलाई शान्तिपूर्ण बनाउन आयोजकलाई अपील गरेको छ । आयोगले विज्ञप्ति निकालेर समाजवादी मोर्चा र राजावादी समूहलाई प्रदर्शन शान्तिपूर्ण बनाउन अपील गरेको हो ।
प्रदर्शनीका क्रममा दुवै पक्ष भेट हुने स्थिति सिर्जना भएमा त्यसबाट उत्पन्न हुनसक्ने परिस्थितिले शान्ति सुरक्षामा समेत चुनौती थप्न सक्ने अवस्थाप्रति आयोगले चासो व्यक्त गरेको छ । आयोगले काठमाण्डौ उपत्यकाको सुरक्षा व्यवस्थाको सम्बन्धमा काठमाण्डाै र ललितपुरका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल प्रहरीको मानव अधिकार सेलका प्रतिनिधिसँग छलफल गरेको छ ।
आयोगका अध्यक्ष तपबहादुर मगरले शान्ति सुरक्षालाई व्यवस्थित गर्न र शान्ति सुरक्षाको प्रबन्ध मिलाउँदा मानव अधिकारका मूल्य मान्यतालाई आत्मसात् गर्नसमेत निर्देशन दिनुभएको छ ।
यसैबीच राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले कमाण्डरको जिम्मेवारी दुर्गा प्रसाईंलाई दिएको छ ।
यस्तै काठमाण्डाै उपत्यकाको नेवाः समुदायका अगुवाहरूले सङ्घीयता खारेजी, राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापनाको माग राखी भएका चलखेल स्वीकार्य नहुने बताएका छन् । उनीहरूले विज्ञप्ति निकालेर सङ्घीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक प्रतिधित्व र समावेशी लोकतन्त्रको पक्षमा रहेको बताएका हुन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।