कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा आज पनि संसद् बैठकमा अवरोध

 चैत १४, २०८१ बिहीबार १७:५९:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कुलमान घिसिङलाई पदबाट हटाएको विरोधमा विपक्षीहरूले आज पनि संसद् बैठकमा अवरोध गरेका छन् ।

राष्ट्रियसभाको बैठक शुरू हुनासाथ विपक्षीहरूले अवरोध गरे । विपक्षीको अवरोधले आधा घण्टाका लागि स्थगित भएको बैठक फेरि शुरू हुन सकेन । प्रतिनिधिसभाको बैठक भने शुरू नै नभई भोलिसम्मका लागि स्थगित भएको छ ।

आज बिहान ११ बजेका लागि तय भएको बैठक दिउँसो २ बजेका लागि सारिएको थियो । सभामुख देवराज घिमिरेले बैठक सञ्चालनका विषयमा प्रमुख राजनीतिक दलका सचेतकसँग छलफल गरे पनि निष्कर्ष ननिस्केपछि बैठक सूचना टाँस गरेर भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो ।

विपक्षी दलले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणकाे कार्यकारी निर्देशकबाट हटाएको विषयमा प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिनुपर्ने माग राखेका छन् । तर प्रधानमन्त्री ओलीले एउटा कर्मचारी हटाएर अर्को नियुक्त गरेको बारेमा संसद्लाई जवाफ नदिने अडान लिनुभएको छ ।

अन्तिम अपडेट: चैत १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया