नवलपरासीको मध्यविन्दु प्रादेशिक अस्पतालमा स्वीकृत दरबन्दीभन्दा धेरै शय्या सञ्चालन

 चैत १५, २०८१ शुक्रबार १२:१३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

नवलपरासी – नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा रहेको मध्यविन्दु प्रादेशिक अस्पतालले स्वीकृत दरबन्दीभन्दा धेरै शय्या सञ्चालन गरिरहेको छ ।

अस्पतालमा स्वीकृत दरबन्दी पन्ध्र शय्याको मात्र भए पनि बिरामीको चाप धेरै भएकाले आफूहरूले स्वीकृत दरबन्दीभन्दा धेरै ८० शय्या सञ्चालन गर्नुपरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रमेशप्रसाद आचार्यले बताउनुभयो । स्वीकृत दरबन्दी थोरै शय्याको तर सञ्चालन भने धेरै शय्या भएकाले जनशक्ति अभाव झेल्नुपरेको उहाँको भनाइ छ ।

अहिले अस्पतालको नयाँ भवन निर्माण भएको छ । गण्डकी प्रदेश सरकारको १२ करोड र नेपाल हिल्फे संस्थाको १८ करोड गरी ३० करोड रुपैयाँको लगानीमा भवन निर्माण भएको हो ।

साँघुरो भवनका कारण सहज रूपमा सेवा दिन कठिन भइरहेको अवस्थामा नयाँ भवन निर्माणसँगै अब सहज हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. आचार्यले बताउनुभयो । नयाँ भवनबाट केही दिनमा सेवा दिन थालिने छ ।

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया