काठमाण्डौ तीनकुने घटना : पत्रकारसहित दुई जनाको ज्यान गयो, १४ ठाउँमा आगजनी

 चैत १५, २०८१ शनिबार ५:४२:६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दुर्गा प्रसाईं नेतृत्वमा हिजो काठमाण्डौको तीनकुने क्षेत्रमा व्यक्तिको घरमा आगजनी हुँदा त्यहाँ भिडिओ खिचिरहेका एक जना पत्रकारको ज्यान गएको छ ।

एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको आगलागीमा परेर ज्यान गएको नेपाल पत्रकार महासङ्घले जनाएको छ ।

पूर्वराजाका समर्थकले तीनकुने क्षेत्रमा निषेधित क्षेत्रसमेत तोडी निजी सम्पत्ति, अस्पताल, सञ्चारगृह, राजनीतिक दलका कार्यालय, व्यापारिक क्षेत्रलगायत गाडीमा तोडफोड गरेका थिए ।

तीनकुने घटनामा परी कीर्तिपुर–४ का सविन महर्जनको उपचारको क्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनामा परी नेपाल प्रहरीका ५३ जना, सशस्त्र प्रहरी बलका २२ र प्रदर्शनकारीतर्फ ३५ जना घाइते भएका छन् । यसैगरी नौ वटा सरकारी गाडी, छ वटा सरकारी वा निजी नखुलेका गाडीमा आगजनी भएको छ ।

विभिन्न १४ ठाउँमा आगजनी भएको, नौ वटा संस्थामा तोडफोड र एक ठाउँमा लुटपाट भएको जिल्ला प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

अन्तिम अपडेट: चैत १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया