साथीले बाेकेकाे बन्दुक पड्किएर सङ्खुवासभामा एक जनाकाे ज्यान गयाे
बैशाख १२, २०८२ शुक्रबार
काठमाण्डाै – बङ्गलादेशी नागरिकलाई नेपाल हुँदै वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना बङ्गलादेशी नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा मोहम्मद मोस्ताफिजुर रहमान, मुहम्मद फरहद हुसेन चौधरी, अबु युसुफ एमडी हनिफ, काजी शाहताब हुसेन र अजिम मोलिक रहेका प्रहरीले जनाएको छ । उनीहरूले नेपाल हुँदै वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया, इटाली, स्पेन, फ्रान्स, सर्बिया, अल्बानियालगायतका देशहरूमा पठाउन सहज हुने भन्दै एजेन्टमार्फत पर्यटक भिसामा बङ्गलादेशी नागरिकहरूलाई नेपाल बोलाई प्रतिव्यक्ति ३५ सय अमेरिकी डलरका दरले १३ जनाबाट ४५ हजार ५ सय डलर लिएर सम्पर्कविहीन भएका थिए ।
उनीहरूलाई काठमाण्डौ महानगरपालिका–९ सिनामङ्गलमा रहेको एक गेस्ट हाउसबाट पक्राउ गरेको नेपाल प्रहरीको काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाण्डौ पठाइएको परिसरका प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।