साथीले बाेकेकाे बन्दुक पड्किएर सङ्खुवासभामा एक जनाकाे ज्यान गयाे
बैशाख १२, २०८२ शुक्रबार
भारतको जम्मू–कश्मीरको पहलगाममा २६ जनाको ज्यान जाने गरी भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावलाई लिएर संयुक्त राष्ट्रसङ्घले दुवै देशलाई अधिकतम संयमता अपनाउन आह्वान गरेको छ ।
पहलगाम आक्रमणलाई लिएर भारत र पाकिस्तानबीच कूटनीतिक तिक्तता बढेपछि राष्ट्रसङ्घले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको बीबीसीले जनाएको हो । राष्ट्रसङ्घले पहलगाममा भएको आतङ्कवादी आक्रमणको निन्दा गरेको छ ।
राष्ट्रसङ्घले दुवै देशले अधिकतम संयमता अपनाउनुपर्ने र दुई देशबीचको स्थिति थप बिग्रन नदिने कुरा सुनिश्चित गर्नुपर्ने भनेको छ । भारत र पाकिस्तानबीचको कुनै पनि समस्या वार्ताको माध्यमबाट समाधान गर्न सकिने आफूहरूलाई विश्वास रहेको राष्ट्रसङ्घको भनाइ छ ।
पहलगाम आक्रमणलाई लिएर भारतले पाकिस्तानलाई सीमापार आतङ्कवादलाई समर्थन गरेको आरोप लगाएपछि दुई देशबीचको सम्बन्ध वर्षाैंदेखिको न्यूनतम स्तरमा झरेको छ । दुवै देशले एकअर्काविरुद्ध प्रतिशोधात्मक कदम चाल्न शुरू गरेका छन् ।
भारतले हिजोदेखि नै पाकिस्तानसँगको सीमामा रहेको मुख्य नाका बन्द गरेको छ । यस्तै पानी बाँडफाँटको सिन्धु जल सम्झौता स्थगित गरेको छ । पाकिस्तानी कूटनीतिज्ञहरूलाई देशबाट निष्कासितसँगै पाकिस्तानी राहदानी भएका मानिसहरूलाई ४८ घण्टाभित्र भारत छोड्न निर्देशन दिएको छ ।
पाकिस्तानले पनि भारतसँगको व्यापार, हवाई उडान र सबै द्विपक्षीय सम्झौताहरू स्थगित गरेको छ । पाकिस्तानले पानी रोक्ने वा मोड्ने कुनै पनि प्रयासलाई युद्धको कार्य मानिने र पूर्ण राष्ट्रिय शक्तिका साथ प्रतिक्रिया दिने चेतावनी पनि दिएको छ ।
भारत र पाकिस्तान दुवै परमाणु अस्त्र सम्पन्न भएकाले यी दुई देशबीच तनाव चर्किँदा सबैतिर चासो र चिन्ता बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।