दाङमा जीप दुर्घटना : बुहारी लिएर आउँदै गरेका बुबाआमासहित ६ जनाको ज्यान गयो

 मंसिर २७, २०७५ बिहिबार ७:१५:१६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – बस र जीप ठोक्किँदा दाङमा ६ जनाको ज्यान गएको छ । चितवनको गितानगरबाट बुहारी लिएर फर्किंदै गरेका राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ का ५३ वर्षका मानबहादुर केसी, उहाँकी श्रीमती ४५ वर्षकी विमला खत्रीसहित अन्य ६ जनाको ज्यान गएको हो । 

छोराको बिहे गरी दुलही लिएर फर्किंदै गरेका बेला उहाँहरु चढेको स्कर्पियो जीप र बस ठोकिएको हो । दुर्घटनामा ४९ वर्षका विश्वनाथ अधिकारी, ५ वर्षका प्रविण केसी, ३१ वर्षका दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ का ७८ वर्षका दत्तबहादुर खत्रीको पनि ज्यान गएको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

चितवनको गीतानगरबाट बाँकेको सम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको जीप र महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किँदा जीपमा रहेका ६ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएकी ४५ वर्षकी गीतादेवी खत्री र चालक २१ वर्षका यमबहादुर मगरको कोहलपुर उपचार भैरहेको छ । दुलहा र दुलही भने अर्को जीपमा रहेको प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया