रिडीमा श्रद्धालुको घुइँचो

 माघ १, २०७५ मंगलबार १२:१७:२ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – धार्मिक क्षेत्र रिडीमा माघे सङ्क्रान्तिको अवसरमा मंगलबार बिहानैदेखि श्रद्धालुहरुको घुइँचो बढेको छ । गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रिडी क्षेत्रको कालीगण्डकीमा माघे सङ्क्रान्तिको दिन स्नान र पूजाआजा गर्नका लागि बर्सेनि श्रद्धालुहरुको घुइँचो लाग्ने गर्दछ । 

पाँच दिनसम्म संचालन हुने माघे संक्रान्ति मेलामा गएका वर्षहरुमा जस्तै यस पटक पनि माघे सङ्क्रान्तिको पहिलो दिन बिहानैदेखि कालीगण्डकी नदीमा स्नान गर्न आउने श्रद्धालुहरुको घुइँचो लाग्न थालेको छ । काली गण्डकी नदीमा स्नान गरे र ऋषिकेश मन्दिरमा पूजाआजा गर्नका लागि माघे संक्रान्तिको दिन गुल्मीलगायत छिमेकी जिल्लाहरु पाल्पा, स्याङ्जा, अर्घाखाँची, वाग्लुङ्ग, रुपन्देहीलगायतका ठाउँहरुबाट श्रद्धालुहरु आउने प्रचलन छ ।  

स्थानीय रुरु गाउँपालीकाको आयोजनामा रुरु फ्रेण्ड्स युवा क्लव तथा रिडी उद्योग वाणिज्य संघको सहकार्यमा सञ्चालित माघे संक्रान्ति मेलामा घरेलु उत्पादीत सामग्रीलगायत कृषि उपज वस्तुहरुको समेत प्रदंशनी गरिने भएको छ  । मेलालाई आकर्षित गर्नका लागि रिडीमा ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुको साथमा क्लवले विविध सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ । 

रुरु क्षेत्र धार्मिक, पौराणिक, ऐतीहासिक तथा पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिदै आएको छ । जसका कारण यस क्षेत्रको महिमा नेपाल बाहिर पनि उत्तिकै महत्व पूर्ण मानिन्छ । मकर सङ्क्रान्तिको अवसर पारेर संचालन हुने रिडी मेलामा विशेषगरी कम्मल, काम्ला, राडी, पाखी, तथा बाँसका चोयाबाट निर्मित सामग्रिहरुका साथै ओखरका घाँजी, गुँड, सुन्तलालगायतको राम्रो व्यापार हुने गर्दछ । 
 
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया