संस्थापकको मृत्युसँगै गायब भयो पासवर्ड, डुब्ने भयो झण्डै २३ अर्ब

 माघ २४, २०७५ बिहीबार १०:३६:५२ | एजेन्सी
unn.prixa.net

क्रिप्टोकरेन्सी र नोक्सानी एउटै सिक्काको दुई पाटाजस्तो हो भनिन्छ । पछिल्लो हप्ता क्यानडामा भएको एउटा घटनाले क्रिप्टोकरेन्सीबाट हुने नोक्सानीका बारेमा बहस झनै बढेको छ । 

क्यानडाको सबैभन्दा ठूलो क्रिप्टोकरेन्सी एक्सचेञ्ज प्लेटफर्म क्वार्डिगाका लगानीकर्ता झण्डै १९ करोड अमेरिकी डलर(झण्डै २३ अर्ब नेपाली रुपैयाँ) गुमाउने स्थितिमा पुगेका छन् । यसको कारण अरु केही होइन, केबल एउटा पासवर्ड हराउनु हो । यसमा ५ करोड अमेरिकी डलर हार्ड करेन्सी पनि समावेश रहेको बीबीसीले जनाएको छ । 

क्वार्डिगाका संस्थापक गेराल्ड कोटेनको निधनसँगै यसको पासवर्ड पनि उनको चिहानमा दफनाइएको छ । 

कसरी सुरु भयो घटना ?

गएको वर्षको डिसेम्बर ९ मा भारतमा कोटेनको निधन भयो । कम्पनीका अनुसार कोटेनले नै लगानी, क्वाइन तथा फण्डसँग जोडिएका कामकाज हेर्थे । 

जनवरी ३१ मा यो एक्सभेञ्ज प्लेटफर्मले नोवा स्कोटियाको सर्वोच्च अदालतसमक्ष लगानीका बारेमा रहेको जानकारी पत्ता लगाउन सक्षम नभएको बताएको थियो । 

सन् २०१३ मा क्यानडामा खुलेकाे विश्वकै पहिलाे क्रिप्टाेकरेन्सी एटीएम

कोटेनकी पत्नी जेनिफर रोबर्टसनले एउटा दस्तावेजमा हस्ताक्षर गरेकी थिइन् । यो दस्तावेजका अनुसार उनका श्रीमानले जुन ल्यापटपमा कम्पनीका जानकारी राख्थे, त्यो पूरै एनक्रिप्टेड छ । त्यसको पासवर्ड उनलाई थाहा छैन ।  उनी भन्छिन्, ‘कैयौँ प्रयासका बाबजुद मैले यसको पासवर्ड पत्ता लगाउन सकिनँ ।’

कानुनी प्रक्रिया

पाँच वर्ष पहिले क्वार्डिगा कम्पनी स्थापना भएको थियो । पछिल्लो वर्ष नै यो कम्पनी आर्थिक संकटबाट गुज्रिएको थियो । 

क्यानडेली टेलिभिजन सीबीसीको एउटा रिपोर्टअनुसार यो वर्षको सुरुवातमै लिक्विडिटीका कारण सीआईबीसी बैंकले यो कम्पनीको २० मिलियन डलर जफत गरेको थियो । 

​सलबलाउँदै नेटवर्किङ व्यवसायको जालो, कसरी जोगिने ?

क्वार्डिगाका प्रयोगकर्ता झण्डै एक लाख १५ रहेका छन् । यसमा पेशेवर लगानीकर्ताका साथै बचत गर्न चाहनेहरु पनि छन् । यो घटनाका जानकारहरुको कुरा मान्ने हो भने लगानीकर्ताहरुले आफ्नो लगानी फिर्ता पाउने सम्भावना निकै न्यून रहेको छ । 

डिजिटल फाइनान्सका संस्थापक तथा वकिल क्रिस्टिन डुहैमीले सीबीसी टेलिभिजनसँग भने, ‘मलाई थुप्रै मान्छेहरुले इमेल लेखेर आफ्नो सबै पैसा गुमेको बताएका छन् । कतिपयले आफ्नो पेन्सनको पैसासमेत लगानी गरेका थिए ।’

कम्पनीले कोटेनको निधनको जानकारी फेसबुक पेजमाफर्त दिएको थियो ।

कम्पनीका अनुसार क्वार्डिगाका संस्थापक कोटेन भारतको जयपुरमा एउटा च्यारिटीका लागि गएका थिए । उनले एउटा अनाथ र शरणार्थी बालबालिकाका लागिल अनाथाश्रम खोल्ने योजना बनाएका थिए । 

कोटेनको वसीयत

‘द ग्लोब एण्ड मेल’ को रिपोर्टका अनुसार कोटेनले आफ्नु निधन हुनुभन्दा ठीक दुई हप्ता पहिले नोभेम्बर २७ मा आफ्नो वसीयतमा आफ्नो हस्ताक्षर गरेका थिए । दस्तावेजका अनुसार कोटेनले श्रीमतीलाई आफ्नो सम्पत्तिको प्रबन्धक बनाएका थिए । अखबारका अनुसार उनले आफ्ना दुई कुकुरका नाममा पनि ७६ हजार अमेरिकी डलर रहेको उल्लेख गरेका थिए ।

उनको मृत्युपछि अब क्वार्डिगामा रहेको लगानी कसरी व्यवस्थापन हुन्छ भन्ने बारेमा कसैले केही भन्न सक्ने अवस्था छैन ।

लाखौँ पैसा हङकङको सडकमा उडाएपछि...

कोटेनकी श्रीमती जेनिफरले अदालतमा कोटेनको निधनपछि पनि आफूले कम्पनीमा थुप्रै लगानी भित्र्याएको स्वीकार गरेकी छिन् । 

क्वार्डिगाले लगानीका बारेमा भएको जानकारी प्राप्त गर्न हरसम्भव प्रयास गरिरहेको जनाएको छ । यो मुद्दाको सुनुवाइ क्यानडाको नोवा स्कोटिया अदालतमा भैरहेको छ । 

-बीबीसी हिन्दीबाट
 
 

अन्तिम अपडेट: मंसिर ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया