महिलालाई अण्डाः शिशुलाई लुगा

 फागुन १२, २०७५ आइतबार १३:३८:१५ | रासस
unn.prixa.net

डोटी – दिपायल सिलगढी नगरपालिका वडा नं ९ कलेनाका सुनौला हजार दिनका सुत्केरी तथा गर्भवतीलाई अण्डा वितरण गरिएको छ । नगरपालिका बहुक्षेत्रीय पोषण योजना अन्तर्गत वडा नं ९ कलेनामा सञ्चालित दुई पोषण परामर्श केन्द्रबाट ६६ गर्भवती तथा सुत्केरीलाई अण्डा वितरण गरिएको नगरपालिकाका पोषण सम्पर्क व्यक्ति रमेशचन्द्र जोशीले जानकारी दिनुभयो । 

कलेनाभित्र रहेका ६६ गर्भवती तथा सुत्केरीलाई एक एक क्यारेट अण्डा वितरण गरिएको हो । स्थानीय तालीमप्राप्त पोषण सहजकर्ताले पोषण परामर्श केन्द्रमा पोषण, सन्तुलित आहार, घरायसी सरसफाइ, तरकारी खेती तथा लैङ्गिक हिंसाजस्ता विषयमा जानकारी दिने गरेको बहुक्षेत्रीय पोषण योजनाका जिल्ला संयोजक चाणक्य अधिकारीले जानकारी दिनुभयो ।

अर्को पटक नगरपालिकाका वडा नं ३ दिपायल र वडा नं ५ मा अण्डा वितरण गरिने नगरपालिकाले जनाएको छ । 

यसैगरी सामुदायिक विकास केन्द्र डोटीले आफ्नो कार्यक्षेत्रका चार हजार बालबालिकालाई न्यानो लुगा वितरण गर्ने भएको छ । वर्ल्ड भिजन इण्टरनेशनल नेपाल र सामुदायिक विकास केन्द्र डोटीबीचको साझेदारीमा सञ्चालित बाल स्पोन्सरसीप परियोजनाअन्तर्गत लुगा वितरण गर्न लागिएको कार्यक्रम संयोजक रामचन्द्र जोशीले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया