शिक्षकहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीसँग झडप

 वैशाख १४, २०८२ आइतबार १३:२०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आन्दोलनरत शिक्षक र प्रहरीबीच झडप भएको छ । २६ दिनदेखि काठमाण्डौको माइतीघर–बबरमहल सडकमा प्रदर्शन गर्दै आएका शिक्षकहरूले आज निषेधित क्षेत्र तोड्न खोजेपछि झडप भएको हो ।

शिक्षकहरूले हिजो पनि निषेधित क्षेत्र तोड्न खोजेका थिए । तर प्रहरीले रोकेपछि धेरै जबरजस्ती गरेका थिएनन् । तर आज शिक्षकहरूले जबरजस्ती गरेपछि झडप भएको हो । शिक्षकहरूलाई रोक्न प्रहरीले पानीको फोहोरा पनि हानेको छ । प्रहरीमाथि शिक्षकहरूले ढुङ्गामुढासमेत गरेका छन् । यस्तै केही प्रहरीकाे लाठी चार्जबाट केही शिक्षकहरू घाइते भएका छन् ।

विद्यालय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै शिक्षकहरू गएको चैत २० गतेदेखि काठमाण्डाै केन्द्रित आन्दोलनमा छन् । विद्यालय शिक्षा विधेयक भने प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिमा छलफलकै क्रममा छ । समितिले विवादित विषयमा सहमति जुटाउन उपसमिति बनाएर छलफल गरिरहेको छ ।

यसैबीच प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासङ्घले आकस्मिक बैठक आह्वान गरेको छ । अहिले ३ बजेका लागि बानेश्वरमा रहेको रत्नराज्य माविमा बैठक बोलाएको महासङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार बैठकमा आज भएको घटना तथा समग्र आन्दोलनका विषयमा छलफल हुनेछ ।

तस्वीर : टङ्क खड्काकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख १४, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया