धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
गुल्मी – संघीय सरकारका परराष्ट्रमन्त्री प्रदिपकुमार ज्ञवालीले कुनै पनि राजनीतिक आवरणमा निर्दोष नागरिकमाथि हुने अपराध सरकारको लागि क्षम्य नहुने बताउनु भएको छ ।
विप्लव समूहले अवैध ढंगबाट हातहतियार जम्मा गरेर त्यसमार्फत निर्दोष जनतामाथि खेलबाड गरिहेको भन्दै यसरी अवैध ढंगले हतियार संकलन गर्नु कानुन विपरित रहेको टिप्पणी गर्नुभयो ।
कुनै पनि समूहको नाममा देश र जनतामाथि गरिने हिंसालाई रोक्नु र देशमा शान्ति सुरक्षा कायम गर्नु सरकारको प्रमुख दायित्व भएको मन्त्री ज्ञवालीले बताउनु भयो ।
नेपाल पत्रकार महासंघ गुल्मीद्वारा शुक्रबार गुल्मीको सदरमुकाम तम्घासमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले चन्दा नदिएको आधारमा हिंसालाई चन्दा असुलीको माध्यम बनाउने कुरा कदापि उचित नभएको र उक्त बाटो गलत भएको भन्दैत्यसलाई समयमै पुनर्विचार गर्न विप्लव समूहलाई आग्रह समेत गर्नु भएको छ ।
‘अपाराधिक कुराहरु आपराधिक हिसाबले गरिन्छ, राजनीतिक कुराहरु राजनीतिक हिसाबले गरिन्छ’, उहाँले भन्नु भयो ।
पत्रकारहरुद्वारा रेशम चौधरीको विषयमा अदालतले गरेको फैसलासम्बन्धी प्रसंगमा मन्त्री ज्ञवालीले अदालतले गरेको फैसला परिपालन गर्नु सबैको कर्तव्य भएको बताउनु भयो ।
यदि त्यसमा चित्त नबुझे पुनरावेदन गर्ने ठाउँ भएको भन्दै उहाँले त्यस विषयमा धेरै टिका टिप्पणी नगर्न राजपालाई आग्रहसमेत गर्नुभएको छ ।
राजपाले सरकारलाई दिएको समर्थन फिर्ता गर्ने भन्ने कुरा सरकारमा आधिकारिक रुपमा आइनसकेको बताउँदै मन्त्री ज्ञवालीले यदि त्यसो भएमा गणितीय हिसाबमा फरक नपर्ने बताउनु भयो ।
वर्तमान सरकार देशको समस्या समाधानका लागि सबैलाई मिलाएर लैजाने पक्षमा रहेको उहाँको भनाइ थियो ।
मन्त्री ज्ञवालीले सरकारको रचनात्मक आलोचना गर्न र जनतामा निराशा फैलिने काम नगर्न सञ्चारकर्मीहरुलाई आग्रहसमेत गर्नुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।