इथियोपिया विमान दुर्घटना : ४५ देशले रोके बोइङ ७३७ म्याक्स ८ जहाजको उडान

 फागुन २९, २०७५ बुधबार ८:५८:१५ | एजेन्सी
unn.prixa.net

गएको आइतबार इथियोपियन एयरलायन्सको जहाज दुर्घटनापछि संसारभरका ४५ देशले बोइङ ७३७ म्याक्स ८ जहाजको उडान रोकेका छन् । बोइङ ७३७ विमान रोक लगाउनेमा २८ देश युरोपका छन् । 

यूरोपको २८ देश सहित चीन, अस्ट्रेलिया, मेक्सिको, ब्राजिल, अर्जेन्टिना, इंडोनेशिया, इथोपिया, दक्षिण अफ्रीका, मलेसिया, सिंगापुर, भियतनाम, ओमान, मोरक्को, मंगोलिया तथा दक्षिण कोरियाले पनि यो विमान उडानमा रोक लगाएका छन् ।  

आइतबार आदिसअबाबाबाट केन्याको नैरोवीका लागि उडेको इथियोपियन एयरलायन्सको बोइङ ७३७ म्याक्स ८ जहाज टेकअफ गरेको ६ मिनेटमै दुर्घटनामा परेको थियो ।

इन्डोनेसियाको लायन एयरले सञ्चालन गरेको यही मोडेलको विमान गएको वर्ष अक्टोबरमा उड्नासाथ इन्डोनेसियाको जाभा द्वीपमा खसेको थियो । विमानमा सवार सबै १८९ जना यात्रु र चालक दलका सदस्यहरुको घटनास्थलमै ज्यान गएको थियो । 

पाँच महिनाको अन्तरालामा नै एकै मोडलको जहाज दुर्घटनामा परेपछि सुरक्षाको कारण देखाउँदै विभिन्न वायुसेवा कम्पनीले बोइङ–७३७ म्याक्स ८ विमान उडानमा रोक लगाएका हुन् ।

लायन र इथियोपियन एयरलायन्सका दुर्घटनाग्रस्त दुबै जहाजमा धेरै उचाइ लिँदा समस्या आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ । पछिल्लो दुर्घटना बोइङ कम्पनीका लागि ठूलो क्षति हो । कम्पनीले बोइङ ७३७ म्याक्सलाई पछिल्लो पुस्ताको उत्कृष्ट विमान भन्दै दाबी गरिरहेको थियो । यस सिरिजको जहाज करिब १० हजार उत्पादन भइसकेका छन् ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Sher singh

    March 13, 2019, 10:25 a.m.

    Is that plane made in China? If not why you have put a photograph of a plane with Chinese flag?

  •  0 Reply

तपाईको प्रतिक्रिया