पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
म्याग्दी – म्याग्दीका ३१ जना विद्यार्थीहरु यसवर्ष सञ्चालन हुन गइरहेको माध्यमिक शिक्षा परीक्षा (एसईई) दिनबाट अयोग्य भएका छन् । विद्यालयमा ७५ प्रतिशत हाँजिर नपुगेका, पढ्दापढ्दै बीचैमा छाडेका, बिहे गरी अन्यत्रै गएका जस्ता कारण उनीहरुले परीक्षा दिन नपाउने भएका हुन् ।
एसईई परीक्षा दिन नपाउनेमा सबैभन्दा धेरै धौलागिरी गाउँपालिका–२, लुलाङको लमसुङ माध्यमिक विद्यालयका पाँचजना विद्यार्थी रहेको शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले जनाएको छ ।
यसैगरी खुलातर्फ ३० जनामध्ये ५ जनाले पनि परीक्षा दिन नपाउने निमित्त इकाइ प्रमुख केशबहादुर बुढाथोकीले बताउनुभयो । यही चैत १० गतेबाट सुरु हुन गइरहेको एसइई परीक्षामा म्याग्दीबाट जम्मा २ हजार २ सय ४२ जना विद्यार्थीहरु सहभागी हुने उहाँले जानकारी दिनुभयो ।
बुढाथोकीका अनुसार दुईजना दृष्टिविहिन विद्यार्थीहरु पनि एसइई परीक्षामा सहभागी हुँदैछन् । नियमिततर्फ १ हजार १ सय ३१ जना छात्र र १ हजार १ सय ११ जना छात्रा रहेको निमित्त इकाई प्रमुख बुढाथोकीले बताउनुभएको छ । यीमध्ये २५ जना खुला, २२ जना प्राविधिक धारतर्फ र ७ जना ग्रेडवृद्धिका विद्यार्थीहरु रहेका छन् ।
एक नगरपालिका र पाँचवटा गाउँपालिका रहेको म्याग्दीमा एसईई परीक्षा सञ्चालनका लागि ९ ओटा परीक्षा केन्द्रहरु तोकिएको छ । परीक्षाका लागि आवश्यक तयारीलाई अगाडि बढाइएको छ । जिल्लामा सामुदायिक विद्यालयतर्फ ६२ र संस्थागत ९ ओटा विद्यालयहरु सञ्चालित छन् ।
यसैबीच सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले एसईई परीक्षामा सहभागी हुने छात्राहरुलाई लक्षित गरेर सेनेटरी प्याड खरिद गर्नका लागि नगद १५ हजार रुपैयाँको चेक उपलब्ध गराएको छ ।
छात्राहरुलाई महिनावारी हुने भएकाले त्यसको सहज व्यवस्थापनमा सहयोग पुर्याउने उद्देश्यले मन्त्रालयले शिक्षा विकास तथा समन्वय इकाइमार्फत जिल्लाका सबै परीक्षा केन्द्रमा सेनेटरी प्याड खरिद गरी उपलब्ध गराउन सहयोग गरेको हो ।
गण्डकी प्रदेशको ११ ओटा जिल्लाका जम्मा २ सय १७ वटा परीक्षा केन्द्रमा सेनेटरी प्याडको व्यवस्था मिलाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
परीक्षामा सहभागी हुने कुल छात्रा सङ्ख्याको १५ प्रतिशतका लागि आवश्यक सेनेटरी प्याड खरिद गर्न रकम उपलब्ध गराइएको मन्त्रालयका महिला विकास अधिकृत विष्णुमाया पौडेलले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
म्याग्दीमा बसेर पत्रकारिता गर्ने प्रताप बानियाँ उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । उहाँले मुस्ताङका खबर पनि सम्प्रेषण गर्नुहुन्छ ।