बाटोमै मोटरसाइकल बिग्रियाे ? थर्ड ह्वील छ नि !

 असार १३, २०७५ बुधबार १५:४८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – तपाईंको मोटरसाइकल गन्तव्यमा नपुग्दै बाटोमै बिग्रियो ? डोहोर्याएर बनाउने ठाउँसम्म लैजाने चिन्तामा हुनुहुन्छ ? त्यसो हो भने अब चिन्ता लिनु पर्दैन । अब मोबाइल एप्सबाटै तपाईँको समस्या समाधान हुने भएको छ ।  

इम्प्याक्ट आईटीले निर्माण गरेको थर्ड ह्वील (third wheel) नामक मोबाइल एपको सहयोगले अब तपार्इँको मोटरसाइकल बिग्रेकै ठाउँमा मर्मत गरिदिने छ । 

यसका लागि सबैभन्दा पहिले थर्ड ह्वील (third wheel) नामक मोबाइल एप मोबाइलमा डाउनलोड गर्नुहोस् । सामान्य रुपमा यस एपमा आफ्नो जानकारी अनि सवारीसाधनको विवरण दर्ता गराउनु पर्छ ।

त्यसपछि आवश्यक परेको समयमा केवल एक बटन र एक क्लिकको मद्धतले यो सेवा लिन सकिन्छ । 

सर्भिसिङ तथा अन्य मर्मतका लागि पनि तपाईँको बाइक रहेको स्थान (चाहे त्यो घर होस् कार्यालय होस् वा बाटो नै किन नहोस्) बाट बाइकलाई मर्मतका लागि पठाउन सकिनेछ । 

समयमै गुणस्तरीय सेवा दिने उद्धेश्यले एप्लिकेसनको निर्माण गरिएको इम्प्याक्ट आईटीले जनाएको छ । 

कम्पनीका अनुसार हाललाई यो सेवा काठमाडौं, ललितपुर र भक्तपुरमा मात्र उपलब्ध छ ।

अन्तिम अपडेट: चैत १३, २०८०

2 Comments

  • Bipin Babu

    June 27, 2018, 8:36 p.m.

    सर मोटरसाइकल लगिदिने ल्याउने खर्च पनि थाह हुनु पर्यो। सामान को मूल्य जेन्युइन पार्टस को हुनु पर्यो। सबै खुलाई दिनु हुन।

  •  0 Reply
  • Chet nath dulal

    June 27, 2018, 6:57 p.m.

    Thik xa ramro Lagyo.

  •  0 Reply

तपाईको प्रतिक्रिया