गुल्मी जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेको संख्या तीनजना पुग्यो

 चैत २८, २०७५ बिहिबार १२:३७:४४ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – मुसिकोट नगरपालिकामा बिहीबार बिहान भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीनजना पुगेको छ ।

दुर्घटनामा घाइते भएकी मालिका गाउँपालिका २ दर्लिङ्ग निवासी ३६ वर्षीय कौशिला थापाको उपचारको लागि पाल्पा लैजाने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । 

दुर्घटनामा धुर्कोट गाउँपालिका ५ निवासी नेपाली कांग्रेसका पूर्वसांसद एवम् महाधिवेशन प्रतिनिधि ६५ वर्षीय रुद्रमणी शर्मा भण्डारीसहित मालिका गाउँपालिका गाउँपालिका १ का ८ वर्षीय वस्कर विश्वकर्माको घटना स्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र बहादुर खड्काले बताउनु भएको छ । 

पालिका गाउँपालिका अन्तर्गत दर्लिङ्गबाट बिहीबार बिहान सदरमुकाम तम्घासका लागि छुटेको लु १ ज १९५७ नम्बरको जीप बिहीबार बिहान ९ बजे मुसिकोट नगरपालिका–१ चैनडाँडामा दुर्घटनामा परेको थियो । दुर्घटनामा घाइते भएका सातजनालाई उपचारको लागि पाल्पा पठाइएको छ ।
 

अन्तिम अपडेट: फागुन २९, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया