नेपाल कम्युनिष्ट पार्टीले आज सबै केन्द्रीय सदस्यको नाम सार्वजनिक गर्ने

 जेठ ४, २०७५ शुक्रबार ९:९:२३ | मिलन तिमिल्सिना
unn.prixa.net

communist party unity

काठमाडौं, जेठ ३ – नवगठित नेपाल कम्युनिष्ट पार्टी आज केन्द्रीय कमिटिको सबै सदस्यको नाम सार्वजनिक गर्दैछ । हिजो नै सबै सदस्यलाई सपथ खुवाएको पार्टीले आज ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटीको नाम सार्वजनिक गर्ने तयारी गरेको हो । 

नवगठित पार्टीमा विगटित एमालेको २ सय ४१ र माओवादी केन्द्रको २ सय गरि ४ सय ४१ केन्द्रीय सदस्य छन् । यी सबैले हिजो नै सपथ खाएपनि सदस्यहरूको वरियताक्रम मिलाउन बाँकी रहेको भन्दै हिजो नाम सार्वजनिक गरिएको थिएन । केन्द्रीय कमिटीको एकतिहाइ अर्थात् बढीमा १४५ सदस्यीय पोलिटब्युरो बन्नेछ । तीन महिनाभित्र पोलिटब्युरो गठन तथा प्रदेशलगायत तल्ला तहका सबै कमिटी एकीकरण गरिसक्ने अध्यक्ष पुष्पमकमल दाहाल प्रचण्डले हिजो नै घोषणा गर्नुभएको छ । 
यस्तै नेकपाको स्थायी कमिटी  ४५ सदस्यीय हुनेछ । यसैबीच नेपाल कम्युनिष्ट पार्टीले विघटित पार्टीका सूचनापाटी आज झिक्ने तयारी गरेको छ । हिजो पार्टी एकता भएपछि एमाले र माओवादी नरहेको भन्दै नेपाल कम्युनिष्ट पार्टीले आज विघटित पार्टीका सूचनापाटी आज झिक्ने तयारी गरेको हो । 
अब नेपाल कम्युनिष्ट पार्टीले केन्द्रीय कार्यालय तत्कालका लागि धुम्बाराहीमा रहने र जनसङ्गठन तथा जनसम्पर्कका कामहरु भने पेरिसडाँडाबाट हुने जनाएको छ । धुम्बाराहीमा पहिले पासाङल्हामु पर्वतारोहण प्रतिष्ठान रहेको स्थानमा तत्कालीन नेकपा(एमाले) को अस्थायी र पेरिसडाँडामा नेकपा(माओवादी केन्द्र)का केन्द्रीय कार्यालय थिए । 


 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया