समलिंगी यौन सम्बन्धमा ढुंगाले हानेर मृत्युदण्ड दिने कानुनबाट पछि हट्यो ब्रुनाइ

 वैशाख २३, २०७६ सोमबार ८:३६:३३ | एजेन्सी
unn.prixa.net

ब्रुनाइमा समलिंगी यौन सम्बन्धमा रहेकालाई ढुंगाले हानेर मृत्युदण्ड दिने कानुन लागू नहुने भएको छ । यही वर्ष अप्रिल महिनामा ब्रुनाइमा समलिंगी यौन सम्बन्ध रहेको पत्ता लागेका ढुंगाले हानेर मार्ने कानुन बनाइएको थियो । 

यसका साथै गएको अप्रिलदेखि लागू भएको नयाँ कानुनमा चोरीको आरोप सावित भएपछि दोषीको हात अथवा खुट्टा शरिरबाट अलग गरिने कडा कानुन पनि ल्याइएको छ ।  ब्रुनाइमा रक्सी बेच्न पहिलेदेखि नै प्रतिबन्ध छ ।

समलिंगी सम्बन्धमा बनेको यो कानुनको विश्वभर नै आलोचना भएको थियो । यसबारेमा अधिकारकर्मी र अन्तर्राष्ट्रिय जगतमा चर्को आलोचना भएको थियो । 

एलजीबीटीक्यूआई (लेस्बियन, गे, बाइसेक्सुअल, क्वीयर, इन्टरसेक्सुअल) समुदायको लागि काम गर्नेवाला मानवअधिकार कार्यकर्ताले ब्रुनाइको यो फैसलाको कडा निन्दा गरेको थियो । उनीहरुले यो फैसला अमानवीय भएको बताउँदै आएका थिए । 

अन्तर्राष्ट्रिय स्तरमा कडा आलोचना भएपछि ब्रुनाइका सुल्तान हसनल बोल्कीहाले आइतबार टेलिभिजनबाट देशवासीका नाममा सम्बोधन गर्दै देशमा समलिंगी सम्बन्धमा कसैलाई मृत्युदण्ड नदिने बताएका हुन् । यद्यपि ब्रुनाइमा सन् १९५७ देखि विद्यमान कानुनमा कतिपय विषयलाई लिएर मृत्युदण्डको व्यवस्था रहेको छ ।

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया