प्रेस स्वतन्त्रता कसैले दयाले दिएको पेवा हाेइन : प्रवक्ता शर्मा

 जेठ २०, २०७६ सोमबार १८:२३:४६ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले नेपालमा प्रेसको कलम बन्द गरियो भने देशको शासन सत्ता र राजनीति कहिल्यै बदलिन नसक्ने दाबी गर्नु भएको छ ।

तरवार पित्तलको होस वा सुनको होस् तर त्यसले दिने चोट भनेको एउटै हुने भन्दै प्रवक्ता शर्माले पत्रकाहरुले प्राप्त गरेको प्रेस स्वतन्त्रता कसैले दिएको पेवा नभएको बताउनु भयो । 

नेपाली कांग्रेसले सुरु गरेको राष्ट्रिय जागरण अभियान अन्तर्गत सोमबार नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ गुल्मीले संयुक्त रुपमा सदरमुकाम तम्घासमा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै  प्रवक्ता शर्माले यस्ताे बताउनु भएको हो । उहाँले राजनीतिमा थुप्रै खराबी र कमी कमजोरी हुन सक्छन् र त्यसलाई औँल्याउन पत्रकारकाे प्रमुख भूमिका रहने बताउनुभयाे । यस्तै पत्रकारहरुले  त्यस्ता विषय औंँल्याउन पाएनन् भने राजनीति र समाज सुध्रिन नसक्ने तर्क समेत उहाँले गर्नुभयो । 

शर्माले भन्नुभयाे, ‘प्रेस स्वतन्त्रता कांग्रेस र कम्यूनिष्टले दया गरेर दिएको होइन, यो डेकेन्द्र, विरेन्द्रलगायतका दर्जनौ पत्रकारहरुले रगत बगाएर आएको हो ।’  प्रेस स्वतन्त्रताको पक्षमा कांग्रेस सधै दृढताका साथ उभिएको भन्दै त्यही भावना, चाहना र बलिदानलाई सम्मान गरेर आफूहरु अघि बढ्ने समेत बताउनु भयो । 

कार्यक्रममा नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष जितजङ्ग बस्नेत, नेपाली कांग्रेसका पार्टी सभापति भुवनप्रसाद श्रेष्ठलगायतका वक्ताहरुले नेपाली कांग्रेसले सुरु गरेको राष्ट्रिय जागरण अभियानले गाउँगाउँका कांगेस जनमा नयाँ उर्जा थपिएको बताउनु भएको छ ।
 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया