माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको ज्यान गयाे

 असार १४, २०७६ शनिबार १८:२६:४ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी - माछा मार्ने क्रममा खोलामा डुबेर गुल्मीमा एक युवकको ज्यान गएको छ ।

गुल्मीकाे ईस्मा गाउँपालिका-६, अमरपुरका ३५ वर्षीय होम बहादुर कुमालको शनिवार अपराह्न रेसुंगा नगरपालिका-३, छल्दी खोलामा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र बहादुर खड्काले बताउनु भयाे ।

शनिबार बिहान माछा मार्न भनेर एक्लै घरबाट जाल बोकेर निस्किएका उनी माछा मार्ने क्रममा ढुंगाबाट चिप्लिएर डुब्दा घटनास्थलमै ज्यान गएको बताइएकाे छ। कुमालको शवलाई पोष्टमार्टका लागि गुल्मी अस्पताल तम्घास ल्याइएको छ ।

शनिवार अबेर भएका कारण शवको पोष्र्टमार्टम आइतवार बिहान गरिने छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया