भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
भोजपुर - पश्चिमी टेम्केमैयुङ गाउँपालिका–१, तिम्मामा रहेकाे वडा कार्यालयमा मंगलबार राति नचिनेका मानिसहरुकाे समूहले तोडफोड तथा आगजनी गरेको छ । वडा कार्यालयको ताला फोडेर सो समुहले कार्यालयमा रहेको महत्वपूर्ण कागजात लगायत कार्यालयका सामानहरुमा तोडफोड र आगजनी गरेको हो ।
नचिनेका मानिसहरुकाे समूहले वडाध्यक्ष र वडा सचिवको कार्यकक्षको ताल्चा फोरेर सामानहरु तोडफोड गर्नुका साथै कम्प्युटर, टेबुल, कुर्सी, प्रिन्टर, इन्टरनेटका सामग्री तथा महत्वपूर्ण कागजातहरु जलाएको प्रहरी निरीक्षक पाण्डव राजवंशीले बताउनुभयाे ।
त्यस वडाको परिसरभित्रै भेटिएकाे बमजस्तो देखिने शंकास्पद वस्तु भने निष्क्रिय गरिएको प्रहरीले जनाएको छ । समूहले कार्यालयमा रहेको १ थान ल्यापटप पनि साथमा लिएर गएको बताइएको छ ।
घटनापछि त्यस ठाउँमा सुरक्षा स्थिति कडा पारिएको प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिनुभयाे । घटनास्थलमा बुधबार बिहानबाटै नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीलाई खटाइएको छ ।
सदरमुकाम नजिकै शंकास्पद वस्तु फेला
भोजपुर सदरमुकामको देउराली सौदाचोकमा बुधबार बिहान एक शंकास्पद वस्तु फेला परेको छ । सौदाचोकबाट बोखिम जाने बाटोको सिँढीमा रातो झोलामा राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेकाे जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
शंकास्पद वस्तु राखिएको वरपरका स्थानीयवासी त्रसित बनेका थिए । बुधबार बिहान करिब साढे ११ बजेतिर शंकास्पद वस्तु रहेको झोला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।