कीर्तिपुरकाे कुटुम्ब बस्तीबाट ३२ जनाको उद्धार, बल्खु खोला आसपासका घर डुबानमा

 असार २७, २०७६ शुक्रबार १७:२१:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – लगातार झरीका कारण देशैभरि बाढी पहिरोको जोखिम देखिएको छ । काठमाण्डौ उपत्यकामा पनि बाढीको प्रकोप देखिएको छ । 

यसैबीच कीर्तिपुर कुटुम्ब बस्तीबाट ३२ जनाको उद्धार गरिएको छ । बल्खु खोला आसपासका घर पनि डुबानमा परेका छन् । 

प्रहरी, सुरक्षाकर्मी र स्थानीयको सहयोगमा बस्तीमा फसेका ३२ जनाको उद्धार गरिएको हो । 

लगातारको झरीका कारण आएको बाढी पहिरोमा परि काठमाण्डौ उपत्यकामा तीनसहित ११ जनाले ज्यान गुमाइसकेका छन् । 

अन्तिम अपडेट: चैत १३, २०८०

तपाईको प्रतिक्रिया