चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
भारतले एक हप्ताअघि प्राविधिक कारण देखाई स्थगित गरेको चन्द्रयानलाई सोमबार सकुशल अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।
अहिलेसम्म मानव पाइला नपुगेको चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान–२ लाई अवतरण गर्ने प्रयास गरिने र यो अभियानअन्तर्गत चन्द्रमा सतहमा पानी र खनिजको खोज अघि बढाइनेछ । अभियानले चन्द्रमामा गएका कम्पनहरूको मापन पनि गर्ने योजना रहेको छ ।
भारतको दक्षिणी सामुद्रिक तटीय क्षेत्रमा रहेको श्रीहरिकोटास्थित सतीश धावन स्पेस सेन्टरबाट आइतबार दिनको ठिक २ बजेर ४३ मिनेटमा ल्याण्डर विक्रम र रोभर प्रज्ञान नामक उपग्रहसहित अन्तरिक्षका लागि छुटेको होे । एक हप्ता पहिले प्रक्षेपणका लागि तयारी रहेको समय प्रक्षेपण हुन तोकिएको समयभन्दा ५६ मिनेट पहिले यानको इन्जिनमा रहेको हिलियम ग्यासको बोतलमा चुहावट देखिएका कारण उडानको साइतलाई रद्द गरिएको थियो ।
जुलाई १५ मा यानलाई प्रक्षेपणका लागि पृथ्वीको कक्षमा सफलतापूर्वक राखिएको समय भारतीय अन्तरिक्ष निकाय (आइएसआरओ) का प्रमुख अधिकारी के सिवानले यानमा प्राविधिक समस्या आएको बताउँदै अनिश्चित समयका लागि उडान स्थगित भएको बताउनुभएको थियो ।
सफल प्रक्षेपणपछि उहाँले भन्नुभयो, 'भारतले आफ्नो सबैभन्दा शक्तिशाली रकेट जीएसएलभी एमके–तृतीयको प्रयोगगरी चन्द्रयान–२ लाई पृथ्वीको कक्षमा पुर्याउन सहयोग गरेको बताइएको छ । चन्द्रमाका लागि यो भारतको ऐतिहासिक यात्रा हुनेछ र यानलाई चन्द्रमाको दक्षिणी ध्रुवमा अवतरण गरी चन्द्रमासँग सम्वन्धित वैज्ञानिक नयाँ अनुसन्धानलाई अघि बढाइनेछ ।'
विक्रमले २७ किलो तौल भएको एउटा चन्द्रमामा हिँड्ने वाहन बोक्नेछ भने उसले चन्द्रमाको भूसतहको अन्वेषण गर्नेछ । त्यस्तै १४ दिनको आयुमा प्रज्ञान नामक वाहन चन्द्रमाको सतहमा झण्डै आधा किलोमिटर यात्रा गरी त्यहाँका तस्बिर खिची पृथ्वीमा अध्ययनका लागि पठाउनसक्ने भारतीय अन्तरीक्ष निकायले जनाएको छ ।
अन्तरिक्ष यान चन्द्रमाको सतहमा आगामी सेप्टेम्बर ६ वा ७ तारिखमा अवतरण हुने आइएसआरओले बताएको छ । परियोजनाका लागि भारतले १५ करोड अमेरिकी डलर खर्च गरेको त्याे यानको तौल ६४० टन रहेको आइएसआरओले उल्लेख गरेको छ ।
सफल प्रक्षेपणपछि यानको निर्माण र अध्ययनका लागि खटिएको वैज्ञानिकको समूहलाई भारतीय राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिनुभएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।