धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
गुल्मी – सत्यवती गाउँपालिकाको ठूलो लुम्पेकमा सोमबार राति पहिरोबाट विस्थापित भएका परिवारको अवस्था बुझ्न गएकाे परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीकाे टाेली घाइते लिएर काठमाण्डाै फर्किएकाे छ ।
सत्यवती–४ का १० वर्षीया करिष्मा तरामु र १३ वर्षीय धनी तरामुलाई राहत लिएर आएको हेलिकप्टरमा उपचारका लागि काठमाण्डाै लगिएकाे हाे । काठमाण्डाैकाे त्रिवि शिक्षण अस्पतालमा दुवै जनाकाे उपचार भैरहेकाे छ ।
मन्त्री ज्ञवालीले पहिरो पीडित परिवारसँग उनीहरुको अवस्था र समस्याको बारेमा जानकारी लिँदै पीडित परिवारका लागि सरकारको तर्फबाट उपलब्ध हुने सहयोगमा कुनै कसर बाँकी नराख्ने बताउनु भएको छ ।
यस्तै पहिरो प्रभावित गुल्मीको सत्यवती गाउँपालिकामा राहत सामग्री पुर्याइएको छ । पानी परेपछि पोखरामै रोकिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितको टोलीले राहत पुर्याएको हो । पहिरो प्रभावितलाई २० क्विन्टल चामल, २० क्विन्टल दाल, चिउरालगायत राहत सामग्री पुर्याएको हो । पानी परेपछि पहिरो प्रभावितलाई राहत बाँड्न हिँडेको परराष्ट्र मन्त्री ज्ञवालीसहितको टोली बिहानदेखि पोखरामा रोकिएको थियो ।
प्रभावित क्षेत्रको एक दर्जनभन्दा बढी स्थानमा पहिरोले सडक अवरुद्ध बनाएका कारण राहत सामग्रीहरु बोकेर गएका दर्जनौँ सवारीसाधनहरु बीचबाटोमा नै अलपत्र परेका छन् । सडक अवरुद्ध भएपछि घटना स्थलमा पुग्न दुई घण्टा पैदलयात्रा हिँड्नुपर्छ ।
सत्यवती गाउँपालिकाले सडक सुरु गर्न बीचबीचमा डोजर परिचालन गरे पनि पानी परिरहेको र पहिरो जाने क्रम नरोकिएकोले समस्या भएको सत्यवती गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले बताउनुभयो ।
पहिरोका कारण त्यस क्षेत्रका चार सयभन्दा बढी बासिन्दाहरु सुरक्षित स्थानको खोजी गर्दै स्थानीय विद्यालय, वडा कार्यालय र स्वास्थ्य संस्थाहरुमा पुगेर आश्रय लिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।