मलाई आइस्यो गैस्यो नभन्नू, पैसा तिरेर बधाई नदिनू : पर्यटन मन्त्री भट्टराई

 साउन १५, २०७६ बुधबार १८:०:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री  योगेश भट्टराईले मन्त्रालयमा आफूलाई आइस्यो गैस्यो भनेर सम्बोधन नगर्न आग्रह गर्नुभएको छ  ।

सिहंदरबारस्थित मन्त्रालयको कार्यकक्षमा कार्यभार सम्हाल्दै मन्त्री भट्टराइले भन्नुभयो,  ‘यहाँ मलाई आइस्यो गैस्यो नभन्नुहोला, आउनुस् जानुस् भन्नुहोला, सरल हुनुपर्छ ।’

यस्तै सामाजिक सञ्जाल, फोन र भेटेर बधाई दिए पनि पैसा तिरेर कुनै सञ्चार माध्यममा शुभकामनाका लागि विज्ञापन नदिन पनि उहाँले आग्रह गर्नुभयो । ‘व्यवसायीहरुले पैसा तिरेर शुभकामना नदिनुहोला, मेरा लागि  त्यही राम्रो हुनेछ ।’

त्यस्तै उहाँले तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको स्मरण गर्दै उहाँका अपुरा काम आफूले पूरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लामो समय सुखदुःखमा अधिकारीसँगै रहेको बताउँदै नवनियुक्त मन्त्री भट्टराईले भन्नुभयो, ‘घनिष्ट मित्र गुमायाैँ । म सम्झन चाहन्छु । लामो समय बिताइयो, सुखदुःखमा सँगै हिँडेका थियौँ, उहाँले राम्रोसँग यो मन्त्रालय सम्हाल्नुहुन्थ्यो, तर घटनालाई जित्न सकेनौँ ।’

त्यस्तै मन्त्री भट्टराईले आफू रवीन्द्र अधिकारीको उत्तराधिकारीकै रुपमा आएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आज उहाँको कुर्सीमा छु, म उत्तराधिकारी जस्तो भएर आएको छु, यसो भन्दा मलाई अफसोच छैन । म रवीन्द्र अधिकारीको उत्तराधिकारी भएको छु ।’

सम्बन्धित समाचार

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया