कपनबाट पेस्ताेलसहित एक जना पक्राउ
चैत १६, २०८० शुक्रबार
बाँके - नेपालगञ्ज उपहानगरपालिकाको वीपी चोकमा बिहीबार राति आगलागी हुँदा एक दर्जनभन्दा बढी फर्निचर उद्योग जलेर नष्ट भएका छन् ।
बिजुली शर्ट भएर आगाे लागेकाे हुनसक्ने प्रारम्भिक अनुमान गरिएकाे छ ।
व्यवसायीहरुले आगलागीबाट तीन करोड रुपैयाँभन्दा बढीको क्षति भएको दावी गरेका छन् ।१२ वटा फर्निचर पसल र नजिकै रहेको सरदार डेन्टल आर्ट गरी १३ पसलमा आगलागीले क्षति पुर्याएकाे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर वलीले जानकारी दिनुभयो ।
राति ११ बजेतिर सुरु भएको आगो शुक्रबार बिहान मात्र नियन्त्रणमा आएको थियाे । नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र गुलरिया नगरपालिकाको दमकलको सहायतामा सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणमा लिएका हुन् । व्यवसायीहरुले दमकल समयमै नपुगेका कारण क्षति बढी भएको गुनासाे गरेका छन् ।