श्री एयरलाइन्सले भित्र्यायो नयाँ जहाज

 भदौ २, २०७६ सोमबार १०:३४:१ | रासस
unn.prixa.net

फाइल फोटो

काठमाण्डौ – निजी क्षेत्रको वायु सेवा प्रदायक कम्पनी श्री एयरलाइन्सले क्यानेडियन जहाज निर्माता कम्पनी बम्मार्डियरको ८० सिट क्षमताको टर्बोजेट क्वू ४०० सिरिजको जहाज ल्याएको छ ।

यो जहाज ओमन हुँदै भारतको अहमदाबादबाट आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो । नेपाल भ्रमण वर्ष २०२० अभियानको सन्दर्भमा आन्तरिक उडानलाई थप विस्तार गर्ने लक्ष्यसहित नयाँ जहाज थपिएको कम्पनीका संस्थागत प्रबन्धक अनिल मानन्धरले जानकारी दिनुभयो ।

योसँगै श्रीसँग पाँच जहाज भएका छन् । यसअघि आन्तरिक उडानमा ५० सीट क्षमताका सीआरजे २०० जहाज दुई थान, ७० सीट क्षमताका सीआरजे ७०० जहाज दुई थान थिए । यो जहाजले पोखरा, सिमरा र जनकपुर उडान गर्ने एयरलाइन्सको योजना छ ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया