आफ्नै पाठ्यपुस्तक पढाउँदै गाउँपालिका

 भदौ १०, २०७६ मंगलबार ६:५७:३३ | रासस
unn.prixa.net

सल्यान – त्रिवेणी गाउँपालिकाले स्थानीय पाठ्पुस्तक तयार गरी पढाउन सुरु गरेको छ । गाउँपालिकाभित्रका सबै विद्यालयमा ‘मेरो त्रिवेणी’ नामक पाठ्यपुस्तक तयार गरी पढाउन सुरु गरिएको हो ।

गाउँपालिकाले पाठ्यक्रममा स्थानीय संस्कृति, भाषा, जनजीवन, इतिहास, भूगोल आदि विषय समेटेर पाठ्यपुस्तक तयार गरेको जनाएको छ । गाउँपालिकाभित्र रहेका विभिन्न पक्ष विद्यार्थीलाई जानकारी दिने उद्देश्यले पाठ्क्रम सञ्चालनमा ल्याइएको गाउँपालिकाका अध्यक्ष मानबहादुर डाँगीले जानकारी दिनुभयो ।

‘शिक्षालाई जीवनसँग जोड्ने प्रयोजन र स्थानीय तहलाई शिक्षाप्रति जिम्मेवार बनाउने अभिप्रायले गाउँपालिकाको समग्र जनजीवनका बारेमा  अवगत गराउन पाठ्यक्रम तयार गरी लागू गरेका छौँ’, उहाँले भन्नुभयो । राष्ट्रिय पाठ्यक्रम प्रारुपले पालिकाहरुलाई कक्षा १ देखि ८ सम्मका लागि स्थानीय पाठ्यक्रम विकास गर्न सक्ने अधिकार प्रदान गरेको छ । 

स्थानीय पाठ्यक्रमले आधारभूत तहका विद्यार्थीलाई आफू जन्मेको बसेको परिवेशबारे जानकारी दिन सहज हुने डाँगीको भनाइ छ । स्थानीय तहका सांस्कृतिक, ऐतिहासिक र आर्थिक विशेषतासमेतको जगेर्ना गर्ने लक्ष्य राखिएको उहाँले बताउनुभयो । ‘स्थानीय पाठ्यक्रम लागू भएपछि गाउँपालिकाभित्रका विशेषतासहितको अध्ययन र अनुसन्धान गर्न सजिलो भएको छ, छायाँमा परेका विषयवस्तुलाई संरक्षण गर्न सहज हुने छ’, अध्यक्ष डाँगीले भन्नुभयो ।

गाउँपालिकाभित्र रहेका २९ सामुदायिक विद्यालय र सात निजी विद्यालयले पाठ्यक्रम अध्यापन गराइरहेका प्रमुख प्रशासकीय अधिकृत रेमन्तबहादुर डाँगीले जानकारी दिनुभयो । जिल्लामा आफ्नै पाठ्यक्रम लागू गर्ने यो पहिलो गाउँपालिका हो । 

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया