देवः विकास बैंक १८ करोड हिनामिना प्रकरण : थप १० जना पक्राउ

 भदौ १६, २०७६ सोमबार १७:५१:१० | हेमराज शर्मा
unn.prixa.net

फाइल फाेटाे

दाङ – दाङको  नारायणपुरमा रहको देवः विकास बैंकको शाखाबाट  झण्डै १८ करोड रुपैयाँ हिनामिना भएको घटनाको अनुसन्धानका क्रममा थप १० जना पक्राउ परेका छन् ।

प्रहरीले अनुसन्धानका लागि १० जनालाई नियन्त्रणमा लिएको जनाएको छ । रकम हिनामिना भएको भनिएको बैंकको शाखा कार्यालयमा खाता भएका दश जना सेवाग्राहीलाई अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई आइतबार अदालतबाट म्याद थप गरी अनुसन्धानका थालिएको प्रहरीले जनाएको छ ।

बैंकका शाखा प्रमुख समिर बुढाथोकीले १७ करोड ९९ लाख ९० हजार रुपैयाँ हिनामिना गरेको आरोप लागेको थियो । बुढाथोकीलाई गएको भदौ ४ गते प्रहरीले लमहीबाट पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार बुढाथोकीले ३६ जनाको नक्कली खाता बनाई त्यसबाट ५४ जना अन्य खातावालाको नाममा पैसा पठाएको अनुसन्धानमा देखिएको छ । पैसा जम्मा भएका खातावालाले रकम निकालेको देखिएको छ । त्यो रकम कहाँबाट प्राप्त भएको हो भनी नसोधेरै खर्च गरेको देखिएपछि उनीहरुलाई प्रतिवादी बनाएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय दाङका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक राजन गौतमले जानकारी दिनुभएको छ ।

बैंकले रकम हिनामिना भएको भन्दै शाखा प्रबन्धक बुढाथोकीविरुद्ध प्रहरीमा उजुरी गरेपछि नियन्त्रणमा लिएको थियो । बुढाथोकीको बयान र कागजपत्र तथा रकम निकासामा अनुसन्धानलाई केन्द्रित गरिएको छ । अनुसन्धानका क्रममा धेरै व्यक्तिहरु तानिन सक्ने देखिएको छ ।

पक्राउ परेका १० जनालाई आइतबार अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ । पछिल्लो ६÷७ महिनाको अवधिमा त्यो रकम हिनामिनाको काम भएको देखिएको प्रहरी निरीक्षक गौतमले जानकारी दिनुभयो । 

सम्बन्धित समाचार

अन्तिम अपडेट: बैशाख १२, २०८१

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया