पत्नी वियोगमा युवकले गरे आत्महत्या

 भदौ २४, २०७६ मंगलबार १८:२३:१७ | शिव ढुंगाना
unn.prixa.net

ओखलढुंगा– चिसंखुगढी वडा नम्बर-६, भदौरेमा २१ वर्षीया युवाले मृतक पत्नीका नाममा पत्र लेखेर आत्महत्या गरेका छन् ।

नविन परियार नाम गरेका ती युवककी गएकाे भदौ ४ गते झुण्डिएर आत्महत्या गरेकी आफ्नी पत्नी गंगा परियारको नाममा पत्र लेखेर मृत पत्नीकै सलले घर नजिकैकाे रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । 

एसईईको मौका परीक्षा दिन खोटाङको रावाबेसी गाउँपालिका-२ मा रहेकाे माइती गएको समयमा गंगाले झुण्डिएर आत्महत्या गरेको चिसंखुगढी-६ का वडाध्यक्ष कृष्ण क्याप्छाकी मगरले बताउनुभयो ।

गंगा परीक्षा दिन माइत जाने भएपछि काठमाण्डौमा रहेका नविन घर आएका थिए । घर सल्लाहमै माइत गएकी पत्नीले उतै आत्महत्या गरेपछि विक्षिप्त बनेका नविनले समेत आत्महत्या गरेपछि उनीहरुको परिवार शोकमा डुबेको अध्यक्ष मगरले बताउनुभयो । उनीहरुको ०७६ जेठमा विवाह भएको थियो । 

गंगाले आत्माहत्या गर्नुको कारण नखुले पनि नविनले भने पत्नी वियोगको पीडाले आत्माहत्या गरेको नविनले लेखेको पत्रबाट पुष्टि भएको प्रहरीले जनाएकाे छ । चिठ्ठीमा ‘प्यारी श्रीमती, तिमी मभन्दा अगाडि गयौ, म पनि तिम्रो पछि पछि आउँदैछु, यो कदम मैले कसैको करकापले लिएको हैन’ भनि लेखिएको अध्यक्ष मगरको भनाइ छ ।

पोष्टमार्टमपछि शव परिवारलाई जिम्मा लगाइएको वडाध्यक्ष मगरले जानकारी दिनुभयाे।  

अन्तिम अपडेट: फागुन २८, २०८०

शिव ढुंगाना

शिव ढुंगाना ओखलढुंगाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया