यातायात व्यवस्था विभाग र सडक विभागबीच समन्वय नहुँदा नागढुंगामा जाम

 असोज १०, २०७६ शुक्रबार १५:६:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - काठमाण्डाैको मुख्य नाका नागढुंगामा अहिले पनि लामो जाम छ ।

नागढुंगादेखि झ्याप्ले खोलासम्म नै गाडीको जाम छ । गएको चार पाँच दिनदेखि यो सडकखण्डमा लामो जाम हुँदै आएकाे छ । यात्रुहरु घण्टौँ लाइनमा बस्न बाध्य भएका छन् ।

जाम बढ्दै गए पनि यातायात व्यवस्था विभाग र सडक विभागले खुलाउन खासै प्रयास गरेका छैनन । दुवैले एक अर्कोलाई देखाउँदै पन्छिने काम गरेका छन् । यातायात व्यवस्थ विभागका प्रवक्ता तीर्थराज खनालले सडक मर्मतदेखि सबै हेर्ने जिम्मेवारी सडक विभागको रहेको प्रतिक्रिया दिनुभएको छ भने सडक विभागले समन्वयकै अभाव रहेको जनाएको छ ।

धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले भने शनिबारदेखि जाम हट्ने दावी गर्नुभएको छ । उहाँका अनुसार शुक्रबारदेखि नै अति आवश्यक बाहेकका ठूला मालवाहक गाडीलाई यो सडकखण्डमा निश्चित समयमा मात्र चलाउन दिइएको छ ।

बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म मात्रै ठूला मालबाहक ट्रक यो सडकमा गुड्न पाउनेछन् । यात्रुबाहक बस, औषधि, तरकारी र पशु चौपाया बोकेका गाडी भने जुनसुकै समयमा गुड्न पाउने छन् । शुक्रबारदेखि दशैँसम्म यात्रु बोकेका बसको ओहोरदोहोरका लागि जिल्ला प्रशासन धादिङले यो नियम लगाएको हो ।

यस्तै सडक मर्मतका कारण पनि जाम बढेकाले सडक बनाउने काम पनि स्थगित गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाण्डाैबाट बाहिरिने गाडीलाई प्राथमिकतामा राखेर नागडढुंगा नाकाबाट पास गराइएको छ ।

यसैबीच, दशैँको किनमेल बढेकाले काठमाण्डाै उपत्यकामा पनि जाम बढेको छ । विशेषगरी जमल, माइतीघर, केशरमहल न्यूरोड लगायत ठाउँमा जाम बढेको ट्राफिक प्रहरीले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया