एनसेलले ल्यायो आर्कषक नयाँ भ्वाइस तथा डेटा प्याक

 असार ३२, २०७५ मंगलबार ५:४०:१७ | उज्यालो सहकर्मी

काठमाडौं - एनसेल प्राईभेट लिमिटेडले मंगलबारदेखि नयाँ दुरसञ्चार सेवा शुल्क दर लागू हुने घोषणा गरेको छ ।

नयाँ करको दर कार्यान्वयन गर्ने क्रममा एनसेलले विभिन्न सेवाहरुमा लाग्दै आएको कर अघिको मूल्यमा कुनै परिवर्तन गरेको छैन । साथै डेटा तथा भ्वाइस सेवामा आफ्ना ग्राहकलाई सुलभ रुपमा थप मूल्य प्रदान गर्न कम्पनीले नयाँ योजना पनि सार्वजनिक गरेको छ । 

भ्वाइस तथा अन्य दुरसञ्चार सेवामा लाग्दै आएको ११ प्रतिशत दुरसञ्चार सेवा शुल्कलाई १३ प्रतिशत कायम गरिएको र इन्टरनेट सेवामा पनि १३ प्रतिशत सेवा शुल्कलगाइएको छ ।

साथै आफ्ना ग्राहकको सुविधाको लागि कम्पनीले साउन १ देखि ९० दिनको लागि लागू हुने गरी ल्याएको नयाँ योजनामा एनसेलले आफ्ना ग्राहकलाई थप डेटा भल्युम सहितको विभिन्न नयाँ दैनिक, ३ दिने, साप्ताहिक र मासिकडेटा प्याकहरु ल्याएको छ ।

त्यस्तै भ्वाइस सेवामा थप टक टाईम प्रदान गर्दै कम्पनीले नयाँ दैनिक, ३ दिने, साप्ताहिक, मासिक, डे तथा डे अनलिमिटेड भ्वाईस प्याकहरुल्याएको छ । ग्राहकले आफ्नो आवश्यकता अनुसार कुनै पनि प्याक सुरु गरी थप लाभ लिन सक्नेछन् ।  

‘‘एनसेलले नेपालको नियम तथा कानुनको सदैव सम्मान तथा पालना गर्दछ । साथै डेटा तथा भ्वाइस सेवामा ल्याइएको नयाँ योजनाले ग्राहकलाई सुलभ दरमा थप मूल्य प्रदान गर्ने हाम्रो प्रतिबद्घतालाई थप उजागर गर्दछ,’’ एनसेलका प्रमुख कमर्सियल अधिकृत एन्डी चोङ्गले भने । 

नयाँडेटा योजनाअन्तर्गत एनसेलले आफ्ना ग्राहकलाई शुल्कको थप मूल्य प्रदान गर्ने गरी आकर्षक प्याक ल्याएको छ ।  उदाहरणका लागि दैनिक प्याकमा ग्राहकले मात्र रु ९ मा ३५ एमबी डेटा खरिद गर्न सक्ने र त्यसमा थप ३५ एमबीको फोरजी डेटाभल्युम बोनस स्वरुप निःशुल्क प्राप्त गर्नेेछन् । 

ग्राहकले एस्ट्रिक्स १७१२३ ह्यास डायल गरी दिइएको डेटा प्याकमध्ये कुनै पनि विकल्प रोजी सहजै आफनो आवश्यकता बमोजिमको कुनै पनि डेटा प्याक सुरु गर्न सक्छन् । साथै भ्वाइस प्याक लिनका लागि एस्ट्रिक्स १७११८ ह्यास डायल गरि वा १७११८ मा डायल गरि निर्देशनअनुसार आफ्नो आवश्यकता अनुरुपको कुनै पनि प्याक सुरु गर्न सकिन्छ । 

नयाँ दुरसचार सेवा शुल्क लागू हुँदा मूल्यमा पर्ने असरलाई केही कम गर्न एनसेलले एसएमएस प्याक, अन्तर्राष्ट्रिय रोमिङ्ग र रोमिङ्ग प्याक, बिजप्लान र एनसेल कोसेली सेवाको कर अगाडिको शुल्क घटाएको छ । 

लोकल कलमा लाग्दै आएको कर बाहेकको दर रु १.९९ प्रतिमिनेटमा कुनै परिवर्तन गरिएको छैन । त्यसैगरी एसएमएस, डेटा सेवाअन्तर्गतको पे एज यु गो, सापटी तथा पोष्टपेड सेवाको प्याकहरुको कर अघिको शुल्कमा पनि कुनै परिवर्तन गरिएको छैन । 

अन्तिम अपडेट: चैत १४, २०८०

1 Comments

  • Naresh Kushmi

    July 17, 2018, 7:06 a.m.

    Ncell र ntc बीच सेवा तथा सुविधा ल्याउनको निम्ती एकदमै प्रतिसपर्धा हुन्छ। दुवै टेलिकमको सेवा पनि ग्राहाकमुखी नै छन्, Ncell को भने ग्राहाकमुखी सुविधा र गुणस्तरीय छ। तर ntc ले भने सेवा र सुविधालाई मात्र हेर्नु भएन हामी ग्रामीण जनताहरूको लागि network को पनि राम्रो व्यवस्था गर्नु पर्यो।

  •  0 Reply

तपाईको प्रतिक्रिया