भाइटीकाकाे दिनमा बालगोपालेश्वर दर्शनको सहज व्यवस्था मिलाइने

 कात्तिक १०, २०७६ आइतबार १३:०:५७ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भाइटीकाका दिन रानीपोखरीमा रहेको मन्दिरको पश्चिम ढोकामा बालगोपालेश्वरको मूर्ति राखी पूजा गर्ने व्यवस्था मिलाएको छ ।  

भाइटीकाको दिनमा मात्रै खुल्ने रानीपोखरीकाे बीच भागमा रहेको बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणको काम ६० प्रतिशत मात्रै भएकाले यस वर्ष पनि सर्वसाधारणले मन्दिर प्रवेश गरी दर्शन गर्न पाउने छैनन् । 
   
यस वर्ष यही १२ गते भाइटीका परेको छ । यसै दिन बिहान सात बजेदेखि साँझ साढे सात बजेसम्म दर्शनको व्यवस्था गरिएको प्राधिकरणले जानकारी गरेको छ । 

विसं २०७२ वैशाख १२ को गोरखा भूकम्पले पूर्णरूपमा क्षति पुर्‍याएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माणमा ढिलाइ हुँदा यस वर्षको तिहारमा पनि बालगोपालेश्वर मन्दिर नखुल्ने भएको हो । 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरका अनुसार रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण सम्पन्न गरी यो तिहारमा खुला गर्ने तयारीमा रहेको पुनर्निर्माणको ठेक्का सम्झौता ढिला हुँदा सम्भव नभएको हो । 

हाल मन्दिर वरपर सफाइ र मन्दिर पुनर्निर्माणका लागि आवश्यकपर्ने काठ निर्माण भइरहेका छन् । बाहिरबाट देखिने काम नभए पनि पुनर्निर्माणका लागि आवश्यकपर्ने सामग्री निर्माण भइरहेका छन् । मन्दिर पुरानै शैली ९ग्रन्थकुट-शिखर० मा पुनर्निर्माण गर्न गत असार २४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ठेक्का सम्झौता गरेको थियो । सम्झौता भएको दिनदेखि १० महीनाभित्रमा निर्माण सम्पन्न गर्ने गरी प्राधिकरणले निर्माण कम्पनी सिएर तुलसी कन्स्ट्रक्सन जेभीसँग सम्झौता गरेको छ । 

रानीपोखरी पुनर्निर्माणका लागि प्राधिकरणले उपभोक्ता समितिमार्फत रु नौ करोड ९७ लाख बजेट विनियोजन गरेको छ । पोखरी र मन्दिर निर्माणका लागि प्राधिकरणले रु २५ करोड बजेट विनियोजन गरेको छ । चन्द्र शमशेरको पालामा पुनर्निर्माण गर्दा गुम्बज शैलीमा निर्माण गरिएको मन्दिर भत्काएर पुरानै शैलीमा निर्माण गरिनेछ । 

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया