सिन्धुपाल्चाेकमा विद्युत् प्राधिकरणको सबस्टेशनमा आगलागी, ट्रान्सफर्मर जल्याे

 कात्तिक ११, २०७६ सोमबार ६:५२:२४ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सिन्धुपाल्चाेक - नेपाल विद्युत् प्राधिकरणको सिन्धुपाल्चोक वितरण केन्द्रको सबस्टेशनमा आगलागी भएको छ । आइतबार मध्याह्न सबस्टेशनको ट्रान्सफर्मर अचानक पड्किएर आगलागी हुँदा ३० एमभीए क्षमताको ट्रान्सफर्मर पूर्णरूपमा जलेको छ ।

अचानक ट्रान्सफर्मर ठूलो आवाजका साथ पड्किएको र त्यसपछि सबस्टेशनमा आगोको मुस्लो उठेको सबस्टेशनका कर्मचारी फुर्पासाङ्गे लामाले जानकारी दिनुभयो । ‘अचानक ठूलो आवाजका साथ पड्कियो, त्यसपछि त राँको उठिहाल्यो’, उहाँले भन्नुभयो, ‘एक-दुई जनाले तत्काल निभाउन सक्ने अवस्था नै भएन ।’

आगलागीपछि नेपाली सेनाको विद्युत् प्राधिकरण सुरक्षा गुल्म, सशस्त्र प्रहरी, नेपाल प्रहरी, प्राधिकरणका कर्मचारी र स्थानीय अगुवाहरू आगो नियन्त्रणमा खटिएपछि झण्डै डेढ घण्टामा आगो नियन्त्रणमा आएकाे थियाे । आगलागीपछि नेपाली सेना तत्काल नियन्त्रणमा खटिएको नेपाली सेनाका प्राधिकरण सुरक्षा गुल्मका क्याप्टेन प्रल्हाद केसीले बताउनुभयाे ।

प्राधिकरणका अनुसार जलेको ट्रान्सफर्मर मर्मत हुने-नहुने यकिन छैन । ३० एमभीए क्षमताको यो ट्रान्सफर्मर पूर्णरूपमा क्षति भएको अनुमान छ ।‘यो ट्रान्सफर्मरको मूल्य तीन करोडभन्दा बढी पर्दछ, मर्मत हुन सकेन भने तीन करोड त उसै क्षति भइहाल्यो’, सिन्धुपाल्चोक वितरण केन्द्रका इलेक्ट्रिक इन्जिनीयर राजन भण्डारीले भन्नुभयो ।

अन्तिम अपडेट: असोज १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया