सप्तरीमा पटाका पड्काउने क्रममा आगलागी हुँदा घर जल्याे

 कात्तिक १३, २०७६ बुधबार ७:०:४५ | रासस
unn.prixa.net

सप्तरी - पटाका पड्काउने क्रममा सप्तरीको राजविराजमा मंगलबार आगलागी हुँदा तीन लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

मंगलबार बेलुका ७ बजे राजविराज नगरपालिका–८ मा रहेकाे हिमालय टोलमा स्थानीय शिवेश सिंंहको घरमा पटका पड्काउने क्रममा आगलागी भएको स्थानीय शोरभ यादवले जानकारी दिनुभयो । आगलागीबाट एउटा घर पूर्णरुपमा जलेर नष्ट भएको पीडित परिवारले जनाएका छन्  ।

त्यस्तै, आगलागीबाट नगद, जिन्सी, भाँडाकुँडा र सरसमान जलेर नष्ट हुँदा झण्डै तीन लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । समयमा दमकल नपुग्दा आगोले बढी क्षति गरेको स्थानीयको भनाइ छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगाे नियन्त्रणमा लिइएकाे थियाे।

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया