नेत्रहीन टी–२० विश्वकप क्रिकेटमा नेपालले दक्षिण अफ्रिकालाई ११ ...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - काष्ठमण्डप पुनःनिर्माणका लागि काठको अभाव भएको छ । अबको एक महिनासम्ममा पनि काठको व्यवस्था हुन सकेन भने काम रोकिने काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले भन्नुभयो ।
छानाका लागि काठको समस्या भएको र त्यसका लागि १२ हजार क्युफिट काठ आवश्यक पर्ने हुँदा व्यवस्था गरिदिन सरकारसँग माग गरिएको छ । निर्माणअन्तर्गत अहिले ५० प्रतिशत काम सम्पन्न भएको छ । 'अहिले मुख्य चार वटा थाम राखी बीचमा गारो लगाउने काम सकिएको छ', समितिका अध्यक्ष शाक्यले भन्नुभयो । अब समयमा नै काठको व्यवस्था भए यसअघिको भन्दा तीव्र रुपमा काम हुने जनाइएको छ । निर्माणका लागि अहिले दैनिक ३० जना कामदारले नियमितरुपमा काम गरिरहेका छन् ।
२०७२ सालको भूकम्पले पूर्ण रूपमा क्षति पुगेको ऐतिहासिक काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वैशाख ३१ गते क्षमा पूजा गरिएको थियो । गएकाे कात्तिक २२ गते शुभारम्भ पूजा गरेर विधिवत्रुपमा यस सम्पदाको पुनःनिर्माण शुरु भएको हो । तीन वर्षभित्र पुनःनिर्माण सक्ने लक्ष्य राखिएको छ ।
गत माघ २७ गते श्रीपञ्चमीका दिन निर्माणाधीन काष्ठमण्डपको मूल थाम उठाइएको थियो । प्रयोग गरिएका चार थाममध्ये तीन वटा नयाँ प्रयोग गरिएको हो भने एउटा थाम पुरानै प्रयोग गरिएको समितिले जानकारी दिएको छ ।
यस ऐतिहासिक सम्पदा पुनःनिर्माणका लागि १९ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएकोमा काठमाण्डौ महानगरपालिकाले पुनःनिर्माण समितिलाई रु पाँच करोड ५० लाख आर्थिक सहयोग प्रदान गरिसकेको छ ।
चार वर्षभित्र निर्माण कार्य सक्नेगरी सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणको काम भइरहेको छ । काठमाण्डौको नाम ‘काष्ठमण्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ । थोरै यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ् नेपालसँग लिखित सम्झौता गरी ल्याइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।