बागलुङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का

 कात्तिक १५, २०७६ शुक्रबार ११:३०:३४ | रासस
unn.prixa.net

म्याग्दी – म्याग्दी र बागलुङ जिल्लाका पश्चिमी क्षेत्रका विभिन्न गाउँहरूमा शुक्रबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । 

बिहान ३ बजेर ५१ मिनेटमा बागलुङको अधिकारी चौरलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।

एकाबिहानै भूकम्पको धक्का महसुस भएपछि स्थानीय बासिन्दाहरू त्रसित बनेका थिए । म्याग्दीको सिवाङ, अर्मन, बाबियाचौर, वरञ्जा लगायतका ठाउँमा एकाबिहानै गएको भूकम्पले स्थानीयवासी त्रसित बनेको अर्मनका उमेश सापकोटाले जानकारी दिनुभयो ।

त्यसैगरी बागलुङ लगायत छिमेकी जिल्ला गुल्मी, प्युठान, रुकुम र रोल्पामा समेत भूकम्पको धक्का महसुस गरिएको जनाइएको छ । भूकम्पबाट कहाँ के कति क्षति भयो भन्ने विवरण भने प्राप्त भैसकेको छैन ।

अन्तिम अपडेट: भदौ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ram Dev Pandey.

    Nov. 1, 2019, 11:44 a.m.

    अर्घाखाँचीमा पनि तगडै धक्का महसुस गरिएको कुरा छुटेछ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया