प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार

 मंसिर ११, २०७६ बुधबार २०:१९:३६ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको महाराजगञ्जस्थित मनमोहन कार्डियोथेरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरले जनाएको छ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा अहिले साँझ ७ बजे सेन्टरका कार्यकारी निर्देशक प्रा.डा. उत्तमकृष्ण श्रेष्ठले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उहाँको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको उल्लेख छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मंगललबार शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा राखिएको र हाल सम्माननीयज्यूको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको व्यहोरा जानकारी गराइन्छ ।’  यसअघि सेन्टरले जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री ओली राम्रोसँग कुराकानी गर्नसक्ने अवस्थामा हुनुभएको उल्लेख थियो ।

प्रधानमन्त्री ओली स्वास्थ्यमा समस्या आएपछि मंगलबार बिहान अस्पताल जानुभएकोे र एपेन्डिसाइटिस देखिएपछि विशेषज्ञ चिकित्सकद्वारा सफल शल्यक्रियापश्चात् सघन उपचारको सम्पूर्ण व्यवस्थासहित निरन्तर निगरानीमा हुनुहुन्छ । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया