खुला ठाउँको हरियाली जीवन्तता राख्ने विषयमा काठमाण्डाै महानगर...
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - कुनै पनि ग्राहक मोटरसाइकल किन्न आउँदा अवस्था कस्तो छ भनेर ‘टेस्ट राइड’ गर्ने चलन हुन्छ । व्यवसायीले पनि बिक्रीको चाहना राखेर सजिलै ‘टेस्ट राइड’ गर्न दिन्छन् । होस पुर्याइएन भने परीक्षणका गर्न लगिएको मोटरसाइकल चोरी हुने सम्भावना उत्तिकै छ ।
काठमाण्डौमा यसैगरी टेस्ट राइड गर्दा मोटरसाइकल नै गायब भएको छ । मोटरसाइकल धनी मिलन सुब्बाले ६ लाख ५० हजार रुपैयाँ पर्ने एउटा मोटरसाइकल बिक्रीमा छ भनेर हाम्रो बजार डटकममा राख्नुभयो । त्यो देखेपछि काभ्रेका अञ्जन बराल खोज्दैखोज्दै सुकेधारा पुगे । बरालले किन्नु अगाडि ‘टेस्ट राइड’ गर्ने भनेपछि सुब्बाले सहजै हुन्छ भन्नुभयो । टेस्ट राइडमा गएको व्यक्ति निकै समय नआएपछि उहाँलाई मोटरसाइकल चोरी भएको आशङ्का भयो र तत्कालै महानगरीय प्रहरी परिसर काठमाण्डौमा खबर गर्नुभयो ।
प्रहरीले मोटरसाइकल खोजी जारी राखेकै बेला आइतबार जनता बैंकका एक खातावालाको नक्कली हस्ताक्षर गरेर चेकमार्फत झण्डै २० लाख रुपैयाँ चोरी भएको सूचना आएपछि त्यसको अनुसन्धानमा प्रहरी खटियो ।
पैसा चोरी गर्नेलाई पक्राउ गर्ने क्रममा त्याे मोटरसाइकल फेला परेको परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटी बताउनुहुन्छ । बैंकमा लुटपाट गर्ने र मोटरसाइकल चोरीमा अञ्जन सक्रिय देखिएको उहाँले बताउनुभयो । उसले यसअघि पनि टेस्ट राइडकै नाममा पटक–पटक मोटरसाइकल चोरी गरेको फेला परेको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार यस्ता घटना बेला-बेलामा देखिएको र नयाँ मोटरसाइकल हराउने गरेको जनाएको छ ।
बुधबारमात्रै भेटिएका १७ मोटरसाइकलमा केही नयाँ मोटरसाइकलसमेत थियो । महाशाखाका प्रहरी उपरीक्षक रवि पौडेलले साउनदेखि अहिलेसम्म ११८ मोटरसाइकल फेला पारेर धनीलाई बुझाइएको बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।