ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
सिन्धुली - सिन्धुली जिल्लामा रहेको सिन्धुलीगढीमा राष्ट्रिय युद्ध संग्रहालय बनाउने काम सुरु भएको छ । ४ करोड ५० लाख रुपैयाँकाे लागतमा नेपाली सेनाको निगरानीमा युद्ध संग्रहालय निर्माण सुरु भएकाे हाे ।
नेपाल आक्रमण गर्न आएको ब्रिटिस सैनिकलाई नेपाली सेनाले पराजय गरेको सिन्धुलीगढीमा गढी दरबार र युद्धकला संग्रहालय निर्माण सुरु भएको हो । ऐतिहासिक सिन्धुली गढीमा प्रदेश-३ सरकारले दरबार निर्माण थालेको छ । युद्ध संग्रहालय भने नेपाली सेनाले बनाउँदै छ ।
युद्ध संग्रहालय बनाउनका लागि ठेक्का सम्झौता भइसकेको र पुसको दोस्रो हप्ताबाट निर्माण कार्य सुरु गरी असार मसान्तसम्ममा सक्ने लक्ष्य रहेको नेपाली सेना बर्दबहादुर गणका गणपति राजिव थापाले बताउनुभयो ।
४ करोड ५० लाख रुपैयाँको लागतमा बन्ने युद्ध संग्रहालयको बाहिरी संरचना मौलिकपन झल्किने, भित्री भागमा केही आधुनिकता झल्किने गणपति थापाले जानकारी दिनुभयाे ।
संग्रहालयमा श्रव्यदृस्य, कार्टुन, पुराना सामग्री प्रदर्शन कक्ष ३ वटा, पुस्तकालय,खाजा घर, रेस्ट रुमलगायतको संरचना बन्नेछन् । संग्रहालयमा अंग्रेज सेनासँग नेपाली सेनाले लड्दा प्रयोग गरिएका सामग्रीहरु व्यवस्थित तरिकाले राखिने उहाँले बताउनुभयो ।
गढी दरबार बनाउनका लागि प्रदेश सरकाले बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले दरबार निर्माणका लागि ४ करोड रुपैयाँ विनियोजन गरेको छ ।
उत्खननको क्रममा गढीमा पानी खान बनाएको इनार, ढुंगा खोपेर पानी खान बनाइएको ट्याङ्की, बंकरहरु, तोप, तोप हान्ने ठाउँलगायतका स्थान र सामाग्री फेला परेका छन् । तिनको संरक्षण गर्दै पर्यटकीय स्थलको रुपमा विकसित गरिँदै आएको गढीमा अब पुनः गढी दरबार र युद्ध संग्रहालय बन्ने भएको हो ।
सिन्धुलीको कमलामाई नगरपालिकाले पनि गढीलाई ऐतिहासिक पर्यटकीयस्थलको रुपमा विकास गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । मेयर खड्गबहादुर खत्रीले सिन्धुली गढीलाई देश भित्रमात्र नभइ विश्वमा चिनाउनका लागि पुरातत्व विभाग, नेपाली सेना र कमलामाई नगरपालिका संयुक्त रुपमा मिलेर काम गरिरहेकाे बताउनुभयाे । संघीय सरकार, प्रदेश सरकारको समेत गरी ९ करोड रुपैयाँ बराबरको काम हुन लागेको उहाँले बताउनुभयो ।
युद्ध संग्रहालय,दरबार संग्रहालय, गढी संरक्षण,पार्क निर्माण,६ जना योद्धाको शालिक निर्माण,नेपाल एकीकरणका प्रतीक पृथ्वीनारायण शाहको शालिकलगायतको संरचना निर्माण गरिने मेयर खत्रीले बताउनुभयो ।
अंग्रेजी फौज किनलकको नेतृत्वमा आएको दुई हजार ४ सय सिपाहीलाई खुकुरीको भरमा परास्त गरेर नेपाली वीरहरुले इतिहास रच्नुका साथै नेपालको सार्वभौमसत्ता र स्वाभिमान पनि उत्तिकै महत्वपूर्ण ढंगले जोगाएका थिए । दुई हजार ४ सय जनाको अंग्रेजी फौजलाई गोर्खालीहरुको ७ सय जनाको फौजले आक्रमण गर्दा एक हजार ६ सय जनाभन्दा बढी मारिएका र अरु ज्यान जोगाएर भागेका इतिहासमा उल्लेख छ ।
कसरी पुग्ने सिन्धुलीगढी ?
बीपी राजमार्ग हुँदै जाने हाे भने काभ्रेकाे धुलिखेलबाट १०५ किलोमिटर दूरी पार गरेपछि सिन्धुलीगढी पुगिन्छ ।
जिल्ला सदरमुकाम सिन्धुलीमाढीबाट झण्डै १६ किलोमिटर उत्तरतर्फ र काठमाण्डाैबाट १ सय ४० किलोमिटर पूर्वमा पर्ने यस ठाउँले नेपालको गौरवमय इतिहास बोकेको छ ।
राणाकालमा यो गढीक्षेत्र राजनीतिक तथा आर्थिक रुपले पनि महत्व राख्ने स्थान बनेको थियो ।
पूर्वी तराईका जिल्लादेखि काठमाण्डाै जाने सबैले यही मार्ग प्रयोग गर्दथे । विक्रम संवत् २०१९-२० सालसम्म यो ठाउँ पूर्व दुई नम्बर क्षेत्रको प्रशासकीय केन्द्रसमेत रहेको थियो ।
तत्कालीन माओवादीले २०५२ सालमा जनयुद्धको थालनी गर्दा पहिलोपटक आक्रमण गरेको प्रहरी चौकीसमेत सिन्धुलीगढीमा नै रहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।