'मृत्युदण्ड'अघि नै मृत्यु भए पनि मुशर्रफकाे शवलाई ३ दिनसम्म इस्लामावादकाे चोकमा झुण्ड्याउनू : अदालत

 पुस ४, २०७६ शुक्रबार १०:५६:० | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – पाकिस्तानी पूर्व राष्ट्रपति परवेज मुशर्रफमाथि मृत्युदण्डको सजाय सुनाएको पाकिस्तानको विशेष अदालतले फेरि अर्काे निर्णय सुनाएको छ । 

‘यदि मुशर्रफलाई मृत्युदण्ड दिनुअघि नै उनको मृत्यु भयो भने उनको शव इस्लामावादको चोकमा तीन दिनसम्म झुण्ड्याउनू’– अदालतले भनेको छ । 

गएको मंगलबार मुशर्रफलाई मृत्युदण्डको सजाय सुनाउने तीन सदस्यीय बेन्चका प्रमुख र पेशावर उच्च अदालतका मुख्य न्यायाधीश वकार अहमदले १ सय ६७ पानाको विस्तृत फैसला लेखेका छन् ।   

मृत्युदण्ड दिनुअघि नै मुशर्रफको मृत्यु भए पनि पूर्व राष्ट्रपतिलाई फाँसीको फन्दामा झुण्ड्याउनु पर्ने न्यायाधीश अहमदले लेखेका छन् । फैसलाका अनुसार, ‘भाग्ने र दोषी साबित भएकालाई गिरफ्तार गर्नका लागि पूरै शक्ति प्रयोग गर्न र कानुनअनुसार सजाय दिन हामी कानुन प्रवर्तक एजेन्सीहरुलाई निर्देश दिन्छौँ । यदि उनी मृत भेटिएको अवस्थामा उनको लाश इस्लामावादको डी चोकमा तीनदिनसम्म झुण्ड्याउनू ।'   

अदालतको यस्तो निर्णयपछि मुशर्रफका समर्थकहरुले देशका विभिन्न भागमा उनको समर्थनमा र्‍याली निकालेका छन् । मुशर्रफमाथि संविधानलाई प्रभावहीन बनाएर सन् २००७ मा संविधानविरुद्ध आपतकाल घोषणा गरेको र देशद्रोहको आरोप छ । 

यद्यपि पाकिस्तानी सेनाले भने मुशर्रफको समर्थन गर्दै देशको सेवा गर्नेलाई देशद्रोही भन्न नसकिने भन्दै मुशर्रफको बचाउ गर्दै आइरहेको छ । 

याे पनि पढ्नुस्

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया