भारतीय मिडिया लेख्छन् : के नेपाल पनि नागरिकता कानुनकाे विरुद्धमा छ ?

 पुस ८, २०७६ मंगलबार ७:५८:५८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – के प्रधानमन्त्री केपी शर्मा ओली पनि भारतमा भइरहेको नागरिकता संशोधन कानुनको विरुद्धमा हुनुहुन्छ ?

गएको २१ डिसेम्बरमा प्रधानमन्त्री ओलीको आधिकारिक ट्विटर ह्याण्डलबाट भारतीय कांग्रेस प्रमुख सोनिया गान्धीको एक भिडियो रिट्वीट भयो । त्यो भिडियोमा सोनिया गान्धीले देशलाई सम्बोधन गर्दै नागरिकता संशोधन विधेयकलाई लिएर खुलेर आलोचना गरेकी थिइन् । 

सोनिया गान्धीको त्यो भिडियोलाई भारतीय पत्रकार शिवम विजले ट्वीट गर्दै लेखेका थिए, ‘सोनिया गान्धी जे गरिरहेकी छिन्, त्यही काम नरेन्द्र मोदीले गर्नुपर्छ । मोदीले देशलाई निकै शान्तपूर्वक सम्बोधन गर्नुपर्छ ।’ यही भिडियो प्रधानमन्त्री ओलीको ट्विटर ह्याण्डलबाट रिट्वीट भएको थियो । 

प्रधानमन्त्री केपी शर्मा ‌ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कसैलेे प्रधानमन्त्रीकाे ट्वीटर ह्याक गरेर रिट्वीट भएकाे हुनसक्ने भनेर स्पष्टीकरण दिए पनि बीबीसी हिन्दीले रिट्वीटलाई लिएर समाचार लेखेकाे छ ।

प्रधानमन्त्री ओलीको यो ट्वीटलाई लिएर चौतर्फी आलोचना पनि भयो । नेपाल लाइभका सम्पादक नारायण अमृतले प्रधानमन्त्री ओलीको ट्वीटको स्क्रिाशर्ट ट्वीटरमा पोस्ट गर्दै लेख्नुभयाे, ‘यसमा कुनै टिप्पणीको आवश्यक छैन ।’

छिमेकी राष्ट्र भुटानका पत्रकारले पनि प्रधानमन्त्री ओलीको ट्वीटको स्क्रिनशर्ट पोस्ट गरेका थिए । तर नेपाल सरकारले भने यस विषयमा ट्विटर एकाउन्ट ह्याक भएर यसो भएको हुनसक्ने बताएको छ । सरकारको तर्फबाट कुनै आधिकारिक टिप्पणी नआउँदा ओलीको रिट्वीटबाट कैयौँ प्रश्न उब्जिएका छन् । 

विवाद चुलिँदै गएपछि प्रधानमन्त्री ओलीको रिट्वीट हटाइयो । यो विषयमा प्रधानमन्त्री ओलीका सल्लाहकार सूर्य थापा अगाडि आउनुभयो र स्पष्टीकरण दिनुभयो । उहाँले भन्नुभयो, ‘हामी यसको जाँच गरिरहेका छौँ । कसैले पासवर्डको दुरुपयोग गरेर पनि यसो भएको हुनसक्छ । रिट्वीटलाई लिएर भ्रम र अफवाह नफैलाउन सबैसँग अनुराेध गर्छु ।’

सल्लाहकार थापाको यो स्पष्टीकरणलाई लिएर आमजनता भने सन्तुष्ट देखिँदैनन् । पत्रकार कनकमणि दीक्षितले पनि कोही कसरी यस्तो लापर्वाही गर्न सक्छ ? भनेर टिप्पणी गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ, ‘यस्तो किसिमको राजनीतिक लापर्वाही नदोहोरियोस् ।’

याे पनि पढ्नुस्

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया