ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट
मंसिर ९, २०८१ आइतबार
चितवन – चितवन मेडिकल कलेज (सीएमसी) ले विद्यार्थीसँग लिएको बढी शुल्क समायोजन नगरेको भन्दै विद्यार्थीहरु फेरि आन्दोलन गर्ने तयारीमा रहेका छन् ।
एमबीबीएस पहिलो र दोस्रो वर्षमा लिइएको अतिरिक्त शुल्क फिर्ता गर्न मेडिकल कलेज तयार भएको भनिए पनि चितवन मेडिकल कलेजले अहिलेसम्म फिर्ताको प्रक्रिया सुरु नगरेको विद्यार्थीले बताएका छन् ।
कलेजले शुल्क समायोजनामा चासो नदेखाएपछि चितवनमा अभिभावक र राजनैतिक दलसँग समन्वय गरी बैठक आह्वान गरिएकाे थियाे । तर बैठकमा चितवन मेडिकल कलेजका सञ्चालक डा. हरिशचन्द्र न्यौपाने उपस्थित नभएपछि विद्यार्थीहरु थप आन्दोलन गर्ने अवस्थामा पुगेका हुन ।
सर्वदलीय बैठकले मेडिकल सञ्चालकसँग वार्ताको पहल गर्ने भनिए पनि सञ्चालक उपस्थित नभएका कारण समस्या भएको विद्यार्थी संघर्ष समितिका संयोजक प्रकाश चन्दले बताउनुभयो । कलेजले विद्यार्थीसँग लिएको बढी शुल्क फिर्ता गर्न आलटाल गरेका कारण थप आन्दालेनमा जान बाध्य भएको उहाँले बताउनुभयो ।
कलेजका ७ जना विद्यार्थी र ७ जना अभिभावकसहित साेमबार काठमाण्डौमा नेकपाका नेता सुवासचन्द नेम्वाङलाई भेट्ने र काठमाण्डौमा पत्रकार सम्मेलन गर्ने तयारी भएको चन्दले बताउनुभयो । माग सुनुवाइ नगर्ने, छलफलमा सहभागी नहुने र विद्यार्थीलाई मात्र नभइ सरकारसँग भएको सहमतिसमेत पालना नगर्ने संकेत देखिएपछि थप आन्दोलनमा जान बाध्य भएको चन्दले बताउनुभएको छ ।
कलेजले परीक्षा र रजिस्ट्रेसन शुल्क मात्र फिर्ता दिने भन्दै आएकोमा आपत्ति रहेको चन्दले बताउनुभयो । सरकारले तोकेको शुल्कभन्दा बढी ६ लाख २५ हजार रुपैयाँ रकम विद्यार्थीसँग कलेजले उठाएको विद्यार्थीले बताउँदै आएका छन् ।
चितवन मेडिकल कलेजले सय सिटमा एमबीबीएस कार्यक्रम चलाइरहेको छ। उसले एमबीबीएस पहिलो र दोस्रो वर्षमा सरकारले तोकेभन्दा बढी शुल्क उठाएपछि विद्यार्थीले आन्दोलन गरिरहेका छन् ।
गएकाे मंसिर १० गते मेडिकल कलेज सञ्चालक र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलबीच भएको वार्तामा अतिरिक्त शुल्क फिर्ता गर्न मेडिकल कलेज तयार भएका थिए।
बढी लिइएको शुल्क फिर्ता नभएको भन्दै राजधानीबाहिरका मेडिकल कलेजका विद्यार्थीले एमबीबीएस पहिलो वर्षको परीक्षा नै बहिस्कार समेत गरेका थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
राधेश्याम खतिवडा उज्यालोका चितवन सहकर्मी र नेपाल पत्रकार महासंघ चितवन शाखाका पूर्व अध्यक्ष हुनुहुन्छ ।