तीन दिनदेखि अवरुद्ध सोलुखुम्बु–काठमाण्डौ सडक सञ्चालनमा, माग पूरा नभएसम्म आन्दोलन नरोकिने !

 माघ ६, २०७६ सोमबार १०:२३:२४ | सुवास दर्नाल
unn.prixa.net

सोलुखुम्बु – आन्दोलनका कारण तिन दिनदेखि अवरुद्ध बनेको सोलुखुम्बु–काठमाण्डौ सडक खण्डमा साेमबारदेखि सवारीसाधन सञ्चालन भएका छन् । 

ग्रामीण विद्युतीकरणको माग गर्दै तिङ्गलाबासीले गरेको आन्दोलनका कारण शनिबारदेखि ठप्प बनेको सवारीसाधन सोमबारदेखि सञ्चालनमा आएकाे जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । मुख्य हाइड्रो प्रभावित क्षेत्र तिङ्गलामा विद्युत विस्तार नभइ पत्तालेबाट केन्द्रीय लाइन उद्धघाटन गर्न लागेको भन्दै शनिबारदेखि आन्दोलन भइरहेकाे छ ।  

आफूहरुको सवारीसाधन सेवा बन्द गर्ने योजना नभए पनि प्रशासनले भने सुरक्षाको कारण देखाउँदै आइतबार पनि यातयात सञ्चालन हुन नदिएको तिङ्गलाबासीको दाबी छ । प्रहरी प्रशासनले भने ठाउँ–ठाउँमा रुख ढालिएकाे हुँदा सडक अवरुद्ध भएर यातयात ठप्प भएको बताएको छ । 

शनिबार प्रतिनिधि सभा सदस्य हेमकुमार राई ‘सुरविर’ सहित अन्य जनप्रतिनिधि तथा सांसदहरुले केन्द्रीय विद्युत प्रसारण लाइनको उद्घाटन गर्ने कार्यक्रम थियो । तर तिङ्गलाबासीले प्रभावित क्षेत्र तिङ्गलामा विद्युत विस्तार नगरि पत्तालेबाट विद्युत उद्घाटन गर्न लागेको भन्दै कार्यक्रम बहिष्कार गरेका थिए ।

अन्तिम अपडेट: चैत २, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया