एमसीसी घातक छ, एकपटक सम्झाैता पढ्नुस्, सही छ वा गलत थाहा हुन्छ : नेता रावल

 माघ ९, २०७६ बिहीबार ९:१:३३ | विमल बिष्ट
unn.prixa.net

डोटी – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम इन्चार्ज भीम रावलले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) संसद्बाट पास गरे घातक हुने बताउनु भएको छ ।

दिपायल सिलगढी नगरपालिकाले बुधबार जिल्ला सदरमुकाम सिलगढीमा भ्रमण वर्ष २०२० को उपलक्ष्यमा आयोजना गरेको बृहत् सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता रावलले एमसीसी पास गरे देशलाई नै घाटा हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, 'एमसीसीको सम्झौता पत्रमा उल्लेख भएका कुरा नपढिकन कैयाैँ नेताजीहरुले पास गरौँ भन्दै छन्, एकपटक सम्झाैता पढ्नुस्, सही वा गलत आजै छुट्टिने छ ।' राष्ट्र र राष्ट्रियताका हितमा एमसीसी घातक भएको र पछिल्लो समय राष्ट्रिय चर्चाको विषय बनेकाले कुनै पनि हालतमा पास गर्न नहुने उहाँको तर्क छ ।

नेता रावलले भन्नुभयो, 'हामी नागरिकका सेवक हौँ, नागरिकको हित गर्नुपर्ने ठाउँमा किन अहित गर्ने ।' एमसीसी संसद्बाट कुनै पनि हालतमा पास हुन नदिने र त्यसको विराेधमा चट्टान बन्ने नेता रावलले दाबी गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेता रावलले डोटी आफैमा सुन्दरताले भरिपूर्ण प्राकृतिक ठाउँ भएको र यहाँका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रसार गर्न सके पर्यटन विकासमा उल्लेख्य सहयोग पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, 'डोटीले धार्मिक मन्दिर शैलेश्वरी, बडीकेदार र सुदूरपश्चिमकै प्रमुख पर्यटकीय स्थल खप्तडको प्रचारप्रसार गर्न सके हजारौँ पर्यटक भित्र्याउन सक्छ, जस्ले यहाँको पर्यटन विकास आफै हुनेछ ।' 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया