निर्मला पन्तका हत्यारा अब उम्किँदैनन् : प्रधानमन्त्री ओली

 फागुन ३, २०७६ शनिबार १२:२७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरमा बलात्कार पछि हत्या गरिएकी निर्मला पन्तका हत्यारा अब उम्किन असम्भव भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको बैठकलाई सम्बाेधन गर्दै उहाँले यसअघि निर्मला हत्या प्रकरणका दोषीलाई जोगाउन र पक्राउ परिसकेका व्यक्तिलाई छुटाउन र घटना बिथोल्न अनेकौँ प्रयास भएको उल्लेख गर्दै अब निर्मला हत्याका दोषी नउम्कने बताउनुभयो ।

‘निर्मला हत्याकाण्डका दोषी अब उम्कन सम्भव छैन’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘दोषीले अब कानुनको कठघरामा उभिनै पर्नेछ ।’ अहिले शान्तिसुरक्षाको अवस्था राम्रो रहेको दावी गर्दै प्रधानमन्त्री ओलीले सरकार छ र हामी सुरक्षित छौँ भन्ने भावना नागरिकमा विकास भएको दावी गर्नुभयो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

3 Comments

  • अमर लकान्द्री

    Feb. 15, 2020, 2:52 p.m.

    दोषीलाई कार्बाही गर्ने कुराले मुलुकमा सरकार भएको प्रत्याभुति भयो तर हल्ला नगरि समाई सके पछि बोलेको भए प्रहरीको गोप्य खोजी कार्यमा सहयोग पुग्ने थियो होला। अरू जे सुकै गर्नुहोस् प्रधानमन्त्री ज्यू तर MCC पास भए जनताले छाड्ने छैनन् । म त शान्ति कायम भएको होईन भङ्ग भेैसको पो देख्दैछु।

  •  0 Reply
  • Jibi

    Feb. 15, 2020, 2:25 p.m.

    ओलि ले दावी गरेर के गर्नु, पछि एकै छिन मा अनेकोउ रुप बद्लिने सर्कार ले भनेर मतै के नै नापेको छ र, गरेर देखाको के नै छ र भनेको मुताबिक हामी जनता ले बिस्वास गर्ने होला,,,,, मलाई त यो लेखियेको कुरा पनि क्षड्यन्त्र जस्तै लाग्दैछ है , हामी सचेत हुन जरुरी छ.। ओलि ले अफ्फु लुक्न सफल ठाउँ खोजे जस्तो छ, नत्र भनेर हैन गरेर देखाको राम्रो, जनता मुर्ख छुम रे, ठिकै छ हामी मूर्ख नै सहि, मूर्ख लाई त गरेर देखाउदा पो - हो रैछ गरे है भनेर मूर्ख जनता उफ्रेलान, याहा त निर्मला बिचरी मरेर गयेकी कहिले हो, आज आयेर सबै थोक सेलाउन लागेसि चै हत्यारा लाई उम्किन दिदैनम रे,,,, जनता नै लाटो नि त भनेकै भर मा पत्याउने..... किन होला.....???? याहा यो प्रश्न छ, किनकी हामी अन्धो छम- र अन्धो लाई आँखा दिन्छु भनेर आस देखाको मतै हो ओलि साब ले, के गर्न कुन ठाउ डुबाउन लाग्या हुन अनि ओइलेको कुरो अगाडि ल्याउन लागे बाबोइ ले.....! भने जस्तो पुगो भने त उस्लाई नि राम्रो हो, तर पुगेन भने अब हामी लाटो हैन, बाटो मा लड्दा लड्दा सम्हालिन जानेका छम, कुनै कुट्निती गर्न लागेका छौ भने होस पुर्याउनु होला,,,,,,, भन्दै धन्यबाद भन्न चाहन्छु

  •  0 Reply
  • suman khadka

    Feb. 15, 2020, 2:13 p.m.

    ढिलो आयो तर कडा आयो भन्नू जस्तो भो २ बर्ष हुन लाग्दा सम्म पनि पक्राउ पर्ने सकेको छैन भए अब फेरि के नयाँ चाल रचेर आश्वासन देखाउन खोज्दै हुनुहुन्छ २/२ बर्ष सम्म लुकेर रहेको अपराधी अहिले कानुनको दाएरामा पर्छ भने भोलि देखि बिन्ती छ आमा बुवा छोरीलाई जन्म नदेउ याहा दोषीलाई सम्मान अनि निर्दोषलाई दाएरामा राखिन्छ जय नेपाल्🙏🙏

  •  0 Reply

तपाईको प्रतिक्रिया