बाँस्कोटाको राजीनामा स्वीकृत : सञ्चार मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री खतिवडालाई

 फागुन ८, २०७६ बिहिबार १९:१२:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. युवराज खतिवडाले पाउनुभएको छ । 

राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटाको राजीनामा स्वीकृत गर्दै मन्त्रालयको जिम्मेवारी खतिवडालाई दिएको जानकारी गराएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले बाँस्कोटाको राजीनामा स्वीकृत गर्दै खतिवडालाई जिम्मेवारी दिनुभएको राष्ट्रपति कार्यलयका प्रवक्ता हरिप्रसाद दाहालले बताउनुभयो  ।

यस्तै सहरी विकास मन्त्रालयको जिम्मेवारी भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्तकुमार नेम्वाङले सम्हाल्नुभएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया